आधुनिकतामा हराएको देउसी भैलोको सम्वर्धन कार्यक्रम

आधुनिकताको लहरमा हराईरहेका परम्पराहरु जोगाउन गरिएका यस्तो पहल साँच्चिकै उदाहरणिय छ ।

दमक, ५ कार्तिक । आधुनिकताको छाल सँगै हाम्रो मौलिक संस्कृतिहरु बिस्तारै हराउँदै गईरहेका छन् । पहिलेका दिनमा तिहारको समयमा मादल जस्ता परम्परागत बाजा बजाई पुरुषहरुले दौरा सुरवाल लगाउँथे भने महिलाहरुले गुनीउँ चोलो जस्ता आफ्नो संस्कृतीक पहिरन लगाई देउसी भैलो खेल्ने गर्थे । तर, अहिले भने मादललाई गितारले प्रतिस्थापन गरेको छ । तर बदलिदो समयको बिचमा पनि किरात याक्थुङ चुम्लुङ दमक नगरपालिका वडा नं ५ कार्य समितिले भने अधुनिकताको बिचमा पनि आफ्नो संस्कृतीलाई झल्काउने र जोगाउने गरि देउसी भैलो खेलेको छ ।

 

यो वर्ष मात्र हैन विगतका वर्षहरुमा पनि यस कार्यसमितीले देउसी भैलो मात्र खेल्ने हैन , त्यससगैँ आफ्ना परम्परागत नाचगान, भेषभुषा र सांस्कृतिक प्रस्तुतीहरु समेत प्रदर्शन गर्दै आएको छ ।
पूरुषको पहिरन दौरा र सुरुवाल । अनी ढाका टोपी । महिलाहरु नेपाली जातीय पोषाक अर्थात फरीया, गुन्यू र चोली । अनी शिरमा चन्द्रमा, कम्मरमा पटुकी । किरात याक्थुङ चुम्लुङ दमक नगरपालिका वडा नं ५ कार्य समितीले परम्परा देखी नै वर्षमा एक चोटी देउसी भैलो खेलिने परम्पराको सम्मान गर्दै देउसी भैलो पनि खेल्दै आएको छ ।

 

यसरी आफ्नो संस्कृती पनि जोगाउने गरि चाडपर्वलाई हर्षका साथ मनाउने उद्धेश्यले यसरी देउसी भैलो खेल्ने गरेको बताउनुहुन्छ देउसी भैलो कार्यक्रममा उपस्थित दमक ५का श्याम माबेन मिक्सो ।

 

आफ्नो संस्कार र इतिहासलाई भावी सन्तानहरुले पनि नबिर्सिउन र आफ्नो परम्परा र संस्कृतीको पनि जर्गेना होस् भनी यसरी देउसी भैलो खेल्ने गरेको बताउनुहुन्छ अर्का अभियान्ता दल प्रसाद सेवा ।

यस किसिमका देउसी भैलाले भने संस्कृती जोगाउन ठूलो योगदान पुर्याएको छ । आधुनिकताको लहरमा हराईरहेका परम्पराहरु जोगाउन गरिएका यस्तो पहल साँच्चिकै उदाहरणिय छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका