आधुनिकतामा हराएको देउसी भैलोको सम्वर्धन कार्यक्रम

आधुनिकताको लहरमा हराईरहेका परम्पराहरु जोगाउन गरिएका यस्तो पहल साँच्चिकै उदाहरणिय छ ।

दमक, ५ कार्तिक । आधुनिकताको छाल सँगै हाम्रो मौलिक संस्कृतिहरु बिस्तारै हराउँदै गईरहेका छन् । पहिलेका दिनमा तिहारको समयमा मादल जस्ता परम्परागत बाजा बजाई पुरुषहरुले दौरा सुरवाल लगाउँथे भने महिलाहरुले गुनीउँ चोलो जस्ता आफ्नो संस्कृतीक पहिरन लगाई देउसी भैलो खेल्ने गर्थे । तर, अहिले भने मादललाई गितारले प्रतिस्थापन गरेको छ । तर बदलिदो समयको बिचमा पनि किरात याक्थुङ चुम्लुङ दमक नगरपालिका वडा नं ५ कार्य समितिले भने अधुनिकताको बिचमा पनि आफ्नो संस्कृतीलाई झल्काउने र जोगाउने गरि देउसी भैलो खेलेको छ ।

 

यो वर्ष मात्र हैन विगतका वर्षहरुमा पनि यस कार्यसमितीले देउसी भैलो मात्र खेल्ने हैन , त्यससगैँ आफ्ना परम्परागत नाचगान, भेषभुषा र सांस्कृतिक प्रस्तुतीहरु समेत प्रदर्शन गर्दै आएको छ ।
पूरुषको पहिरन दौरा र सुरुवाल । अनी ढाका टोपी । महिलाहरु नेपाली जातीय पोषाक अर्थात फरीया, गुन्यू र चोली । अनी शिरमा चन्द्रमा, कम्मरमा पटुकी । किरात याक्थुङ चुम्लुङ दमक नगरपालिका वडा नं ५ कार्य समितीले परम्परा देखी नै वर्षमा एक चोटी देउसी भैलो खेलिने परम्पराको सम्मान गर्दै देउसी भैलो पनि खेल्दै आएको छ ।

 

यसरी आफ्नो संस्कृती पनि जोगाउने गरि चाडपर्वलाई हर्षका साथ मनाउने उद्धेश्यले यसरी देउसी भैलो खेल्ने गरेको बताउनुहुन्छ देउसी भैलो कार्यक्रममा उपस्थित दमक ५का श्याम माबेन मिक्सो ।

 

आफ्नो संस्कार र इतिहासलाई भावी सन्तानहरुले पनि नबिर्सिउन र आफ्नो परम्परा र संस्कृतीको पनि जर्गेना होस् भनी यसरी देउसी भैलो खेल्ने गरेको बताउनुहुन्छ अर्का अभियान्ता दल प्रसाद सेवा ।

यस किसिमका देउसी भैलाले भने संस्कृती जोगाउन ठूलो योगदान पुर्याएको छ । आधुनिकताको लहरमा हराईरहेका परम्पराहरु जोगाउन गरिएका यस्तो पहल साँच्चिकै उदाहरणिय छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,