काठमाडौं,५ असोज। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेन–जी आन्दोलनका नाममा जलाइएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गर्नु भएको छ।
उहाँ गत भदौ २४ गते बालकोटका दुवै घर जलाइए पछि पहिलो पटक अवकलोकनमा पुग्नु भएको हो । आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले त्यसक्रममा रोष प्रकट गर्नु भएको छ ।
पत्नी राधिका शाक्यसहित पुग्नु भएको उहाँले सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई जोगाउन लागिरहेको बताउनु भयो । उक्त घर हेर्न यसअघि नै राधिका एक्लै बालकोट पुगिसकनु भएको थियो । उहाँहरू अहिले भक्तपुरको गुन्डुमा बस्नु हुन्छ ।









