सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली जस्ता उपलब्धि माथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ

काठमाडौं,५ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली जस्ता उपलब्धि माथि टेकेर मात्रै हामी अगाडि बढ्नुपर्ने बताउनु भयो ।

 

नेपाल संवत् ११४६ को शुभ अवसरमा बुधबार सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै संयोजक दाहालले भन्नु भयो,“आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौँ । लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन ।”

 

नेपाल संवत् नेपालीको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गर्दै संयोजक दाहालले भन्नु भयो, “यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो । सबै जातजाति र समुदायको साझा गर्व तथा सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले यसप्रति गर्व गर्नुपर्छ ।”

 

परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्ति बीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता भएको उल्लेख गर्दै संयोजक दाहालले संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा सङ्कल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका