फिदिम ,५ कार्तिक । पाँचथरको फिदिम नगरपालिकाको ११ नं वडा कार्यालय तोडफोड भएको प्रहरीले जनाएको छ ।
गएराति फिदिम –११, तृतीया बजारमा रहेको वडा कार्यालय भवनको सम्पुर्ण झ्यालका सिसाहरू तोडफोड भएको छ । करिब २२ वटा झ्यालका सिसा अज्ञात समूहले तोडफोड गरेका छन् । प्रहरी चौकी नागीनबाट प्रहरी टोली खटिएर तोडफोडमा संलग्न रहेको आशंकामा सोही ठाउँ बस्ने बर्ष २८ का वीरबल शंकर र बर्ष ३१ का भिम सुबेदीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याएको प्रहरीले बताएको छ ।
एआइ तस्बीर









