दमक, ५ कार्तिक। तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन भाईटिका विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मीठा–मिष्ठान आदि मनपर्ने कुरा खुवाउने, दिदी बहिनीहरूलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको छ ।
भाईटिकाको अघिल्लो दिन दमक बजारमा असाध्यै चहलपहल देखियो । विशेष गरी मिठाईका पसलहरुमा,भाई मसला र टिका बेच्न राखिएको ठाउँमा र फूलको माला बेच्ने ठाँउमा त भिड हेर्न लायक नै थियो ।
भाईटिकाको दिन एक दिन भएपनि दाजुभाईलाई दिदिबहिनीको घरमा बोलाई विधिवत रुपमा पूजा गर्न लागेको दमक ४ कि प्रमिला पौडेलले बताउनु भयो ।
टिका लगाएर आफूले जस्तो सकिन्छ त्यस्तो खान दिने र एक सरो लुगा फेरीदिए दाजुभाईको जिवनमा सुख शान्ति छाउने विश्वास निरौलामा छ ।
भाईटिकाको दिन दाजुभाईलाई टिका लगाईदिए दाजुभाईको आयु लामो हुने विश्वास दमक बजारमा भेटिनुभएकी दमक २ कि दुर्गा घिमिरेमा छ । तर, दाजुभाईको दुर्घायुको साथै वर्षमा एकदिन आउने चाडमा रमाईलो हुने गरेकोले भाईटिका एकदमै मनपर्ने गरेको घिमिरेको भनाई छ ।
भाईटिकाको बेला टाढा रहेका दिदीबहिनीहरु एक साथ भेला हुने चलन छ । आफू सानै हुदा देखी नै हाफ्ना बुबा आमाले भाईटिकाको दिन दाजुभाईलाई टिका लगाईदिनु पर्छ भन्ने सुन्दै र मनाउदै आएको र आफूले पनि दाजुभाईको लामो आयुको लागी नै दाजुभाईलाई टिका लगाईदिने गरेको बताउनुहुन्छ दमक बजारमा भेटिनुभएकी तेज कुमारी गिरी ।
भाईटिका पर्व केवल पर्व मात्र नभई एउटा अवसर पनि हो । टाढा टाढा भएका दाजुभाई र दिदीबहिनीहरुलााई टिका लाउने बाहानाले भएपनि एक साथ समय बिताउन पाउने अवसर ।









