भाइटीका: दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका, माला लगाई मनाइँदै

श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना

दमक,६ कार्तिक । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज विहिबार भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका, सयपत्री मखमलीको माला लगाई मनाइँदै छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाए पछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि विहान ११ बजेर उन्नचालीस मिनेटको समयमा चेलीले माइतीलाई टिका लगाँउन सुरु गरि भाइटिका देशभर मनाँइदैछ ।

 

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका सदस्य प्राध्यपक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो । सोमवार लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

 

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको भट्टराईले जानकारी दिनु भएको छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा रहि आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका