काठमाडौँ,६ कार्तिक । भारतले नेपालका विभिन्न विद्यालयलाई स्कुल बस उपहार दिएको छ । नेपालस्थित भारतीय दूतवासले हिजो बुधबार एक कार्यक्रम गरेर विभिन्न ४८ वटा विद्यालयलाई सो बस हस्तान्तरण गरेको जनाएको छ ।
दूतावासका अनुसार सात प्रदेशका विभिन्न जिल्लामा रहेका विद्यालयहरूलाई सो बस उपहार दिइएको जनाएको छ ।
खासगरी कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरू तथा दुर्गम जिल्लाहरू हुम्ला, मुस्ताङ, सङ्खुवासभा, दार्चुला, बैतडी र अछाम लगायत ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहार स्वरूप प्रदान गरेको दूतावासले बताएको छ ।
भारत सरकारले नेपाल र भारतबिचको लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै यो उपचार प्रदान गरेको दूतावासले बताएको छ । विगत तीन दशकमा, भारतले नेपालका विभिन्न विद्यालयलाई ३८१ वटा स्कुल बस प्रदान गरेको जनाएको छ ।









