तिहारको समयमा दमक र मदरगाछबाट दुई बालिका बेपत्ता

दमक, ८ कात्तिक। तिहारमा देउसी खेल्न गएकी झापा दमककी एक बालिका बेपत्ता भएकी प्रहरीले जनाएको छ् ।

असोज ६ गते साँझ ६ः३० बजे दमक ४ तारावारी बस्ने केशव परियारकी छोरी बर्ष १४ की करुना परियार देउसी खेल्न जान्छु भनी घरबाट हिडेकी थिइन् । उनी हालसम्म पनि सम्पर्कमा नआएको परिवारले बताएको छ । आफ्ना आफन्त, साथीहरु समेतमा खोजतलास गर्दा फेला नपरेपछि उनकी आमा कल्पना परियारले शुक्रबार इलाका प्रहरी कार्यालय दमकमा हुलियासहितको निवेदन दिएको प्रहरीले जनाएको छ। इलका प्रहरी र्कायलय दमकबाट टोली खटिएर खोजतलास भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै झापा गाउँपालिका वडा न.७ मदरगाछ बस्ने अर्की किशोरी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। तिहारका बेला असोज ५ गते बिहान ११ बजे झापा गाउँपालिका वडा न.७ मदरगाछ बस्ने श्याम चक्रवर्तीकी छोरी बर्ष १७ की पुजा चक्रवर्ती घरबाट कोही कसैलाई नसोधी आफूखुशी हिडेकी थिइन् । उनी हालसम्म पनि घर नफर्कीए पछि आफन्त, छरछिमेक, नातागोता,साथीभाइसंग सोधपुछ गर्दा फेला परेकी छैनन् । बुवा श्याम चक्रवर्तीले शुक्रबार प्रहरी चौकी शरणामतिमा छोरी हराएको हुलियासहितको निवेदन दिएको प्रहरीले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित