झापा, ८ कात्तिक । झापाको भद्रपुरमा बोल्न नसक्ने बेवारिसे मानिस फेला परेको प्रहरीले जनाएको छ ।
गएराति ८ः३० बजे भद्रपुर नगरपालिका –८ शान्ति चोकमा तत्काल नाम थर बतन नखुलेको बर्ष ५५–६० को देखिने बोल्न नसक्ने पुरुष फेला परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको कमाण्डमा प्रहरी टोली खटिएर ती बेवारिसे मानिसलाई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएर राखिएको जनाएको छ । उनको बारेमा बुझ्ने कार्य भइरहेको प्रहरीले बताएको छ ।









