अपराधिक काम गर्नेहरु क्रमशः दण्डित हुने आइजीपी खापुङको स्पष्ट

काठमाडौँ,८ कार्तिक। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्ने जो–कोही दण्डित हुने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा महानिरीक्षक खापुङले आन्दोलनको बहानामा अपराधिक कार्यहरु भएको उल्लेख गर्दै त्यसमा छुट नहुने स्पष्ट पार्नु भएको छ ।

 

उहाँले भन्नु भयो,‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ’ ‘त्यो अपराधिक कार्यमा संलग्नहरु दण्डित हुनुपर्छ ।’ अपराधिक काम गर्नेहरु क्रमशः दण्डित हुने भन्दै त्यसमा सबैको साथ आवश्यक रहेको बताउनु भयो ।

जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल केहि कमजोर भएको भएपनि नागरिकको सहयोगमा प्रहरी सक्रिय भइसकेको आइजीपी खापुङले बताउनु भयो । ‘यो आन्दोलनपश्चात आम रुपमा प्रहरीको मनोबल खस्केको जस्तो देखिएको थियो’ ‘तर, प्रहरीको मनोवल खस्कनुपर्ने कारण छैन, आम जनताको साथ प्रहरीले पाएको छ ।’

प्रहरीप्रति आम वर्गको अपेक्षा ठूलो रहेको भन्दै उहाँले कुनैपनि अपराधिक गतिविधिलाई रोक्न प्रहरी सक्षम हुनुपर्ने बताउनु भयो । समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने उहाँको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित