प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा संखुवासभामा चार जना पक्राउ

संखुवासभा,८ कार्तिक। प्रहरीमाथि दुव्र्यवहार गर्ने चार जनालाई संखुवासभाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

चैनपुर नगरपालिका–३ मा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा चन्द्रबहादुर आले मगर, पूर्णबहादुर आले मगर, तेजबहादुर आले मगर र दाछिरी शेर्पा रहेका हुन् ।

बिहीबार राति चैनपुर–३ स्थित मगर गाउँमा केही व्यक्तिहरू मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिद्धपोखरीबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर बरालको नेतृत्वमा टोली खटिएको थियो । प्रहरी टोलीले ती व्यक्तिहरूलाई सम्झाउने प्रयास गर्दा उनीहरूले उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका ती व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको पाइएको छ । संखुवासभा प्रहरी प्रमुख डिएसपी कुमार प्रसाद मैनालीले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हुलदंगा मच्चाउने, अभद्र व्यवहार प्रदर्शन गर्ने वा प्रहरीमाथि अपमानजनक व्यवहार गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ् ।

आरोपीहरुले आफूहरु जेनजी भएको भन्दै प्रहरीमाथि गालीगलौज गर्दै हातपातको प्रयास गरेको स्रोतले जनाएको छ ।

एआइ तस्बीर

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित