संखुवासभा,८ कार्तिक। प्रहरीमाथि दुव्र्यवहार गर्ने चार जनालाई संखुवासभाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चैनपुर नगरपालिका–३ मा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा चन्द्रबहादुर आले मगर, पूर्णबहादुर आले मगर, तेजबहादुर आले मगर र दाछिरी शेर्पा रहेका हुन् ।
बिहीबार राति चैनपुर–३ स्थित मगर गाउँमा केही व्यक्तिहरू मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिद्धपोखरीबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर बरालको नेतृत्वमा टोली खटिएको थियो । प्रहरी टोलीले ती व्यक्तिहरूलाई सम्झाउने प्रयास गर्दा उनीहरूले उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ती व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको पाइएको छ । संखुवासभा प्रहरी प्रमुख डिएसपी कुमार प्रसाद मैनालीले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हुलदंगा मच्चाउने, अभद्र व्यवहार प्रदर्शन गर्ने वा प्रहरीमाथि अपमानजनक व्यवहार गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ् ।
आरोपीहरुले आफूहरु जेनजी भएको भन्दै प्रहरीमाथि गालीगलौज गर्दै हातपातको प्रयास गरेको स्रोतले जनाएको छ ।
एआइ तस्बीर









