छठ पर्व नजिकिँदै गर्दा दमक बजारमा चहलपहल बढ्यो

दमक,९ कार्तिक । छठ पर्व सुरु भएसँगै दमक बजारमा पूजासामग्री खरिदबिक्रीको चहलपहल निकै बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवत रूपमा सुरु भएको यस पर्वका लागि बजारमा भक्तजन तथा व्रतालुहरूको भीड बढ्न थालेको हो ।

 

छठ पूजाका लागि आवश्यक हरियो तरकारी, फलफूल, माटोका भाँडा र बाँसका सामग्री किन्न बजारमा ग्राहकहरूको घुइँचो लागेको छ । विशेष गरी छठी मातालाई अर्पण गरिने प्रसादका रूपमा प्रयोग हुने स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, मूला, अदुवाको बोट, सखर, पानी सिङगडा लगायतका वस्तुहरूको माग अत्यधिक रहेको व्यापारीहरू बताउँछन् । यससँगै पुरुषहरू खोलातट र पोखरीमा घाट निर्माणमा व्यस्त देखिन्छन् भने व्रतालु महिला बाँसका नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोका हात्ती, दियो, ढकना, कोशिया, केरालगायतका पूजासामग्री खरिदमा व्यस्त छन् । दमक बजारका फूटपाथहरूमा समेत छठमा आवश्यक वस्तुहरू बिक्रीका लागि राखिएका छन् ।

फलफूल व्यापारीहरूका अनुसार छठ पर्वका बेला स्याउ, सुन्तला, उखु, केरा, नरिवल र होक्से जस्ता फलफूलको बिक्री अत्यधिक हुने गर्छ । तर, कोभिड–१९ पछि व्यापारमा आएको मन्दी अझै पूर्ण रूपमा सुधार नभएको दमक ६ का फलफूल ब्याबसायी मनोज कुमार शाहले बताउनुभयो ।

माटोको दियो,कलश,ढक्ना,हात्ती जस्ता माटोका सामाग्रीहरु पुजामा अधिक प्रयोग हुने गरेका छन् । यस बर्ष पनि यस्ता सामाग्रीले राम्रै बजार पाएको दमक बजारमा माटोका सामग्री बेच्ने निर्मला देवी पण्डित बताउनुहुन्छ ।

तर, बजारमा सबै पसलमा उस्तै ब्यापार भने भने भएको छैन । छट पर्बको अघिल्लो दिन पनि केही व्यापारीहरू ग्राहकको पर्खाइमा बस्नुपरेको छ। दमक–८ का व्यापारी कनैया प्रसाद शाह यसबर्षको ब्यापारलाई लिएर चिन्तित भएको प्रतिक्रिय दिनुहुन्छ ।

छठ पर्वले नेपाली समाजमा केबल धार्मिक आस्था र सूर्य उपासनालाई मात्र बलियो बनाएको छैन । यसले बजार र ब्यापारको भूमिकामा समेत उल्लेखनिय भूमिका खेलेको छ।व्यापारीले पर्वका अवसरमा राम्रो आम्दानी गर्दै आएका छन् भने स्थानीय र बाह्य स्रोतबाट आयातित सामग्रीले उपभोक्ताको विविध माग पूरा गरिरहेको व्यवसायी बताउँछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ

बाजुरामा चट्याङले ठुलो क्षति, ३९ बाख्राको मृत्यु

बाजुरा,१७ वैशाख । बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो

तीन वर्ष देखी डर र चीन्ता बोकेर बस्नु भएकी अम्बिकाले पाउनु भयो छुटकारा

दमक,१७ वैशाख । दमक २ कि अम्बीका बिक । आर्थीक रुपमा विप्पन्न हुनुहुन्छ । भएका सन्तानहरु कहाँ छन् अत्तोपत्तो छैन । श्रीमानले पनि खास काम

नीतिगत जटिलता हटाउन सरकारले चाल्यो महत्त्वपूर्ण कदम

काठमाडौं,१७ वैशाख । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको दाबी गर्नु भएको