मोरङमा खैरो फड्के किराले धानबाली सखाप

उर्लाबारी, १० कार्तिक  |  वाला निस्कने वेलामैं धानवालिमा रोग लागेर खेतै सखापहुनलागे पछि किसानहरु बर्षदिन सम्म केले धान्नेहो भन्दै चिन्तामा परेकाछन् । वालानिस्कने वेलामैं धानका फेद सुक्ने, डडे जस्तो हुने, क्रमस टुप्पै सम्म सुक्ने समस्याले किसानहरु चिन्तीत भएकाहुन् ।

 

 

किसान खड्ग कार्की खैरो फड्के किराले धानबाली सखाप विषयमा जानकारी गरानुहुदै । यस्तै उर्लाबारी–५कादुर्गाप्रसाद कट्टेलका धानबालीमा अनौठो रोगले पाक्न लागेको धान सखाप बनाउन लागे पछि विभिन्न विषादी प्रयोग गर्नु भयो । जेजे गरेपनि समस्यामा सुधार नआएपछि कृिष प्रविधिकलाई गुहार्नु परेको उहाँले बताउनु भएको छ ।

 

 

१७ कट्टामध्ये २ कट्टा खेतमा धानवालि लगाउनु भएका उर्लाबारी ३ का गञ्ज बहादुर कार्कीको खेतमा पनि खैरो फड्के लाग्यो र बाली सप्रन सकेन । निकै आत्तीदै आफ्‌नो बारमा क्षति पुर्‍याई सकेकोले कृिष प्रविधिकलाई खेतमैं पुर्‍याएर देखाउ“दा मात्रै उहाँले खैरे फड्के किरा भन्ने पहिचान पत्ता पाउनु भयो । त्यसपश्चात तोकिएको विषादिले केहि नियन्त्रणमा आएको उहाँले बताउनु भयो ।

 

 

 

ढिलो पाक्ने धानवालीमा देखा पर्ने एक प्रकारको खैरो फड्के नामकोे किरा बाट लाग्ने रोग भएकाले सावधानी अपनाउन जरुरत रहेको कृिष प्रविधिकको सुझाव छ । समयमै रोग लागेको क्षेत्रको पहिचानगरि वरीपरिबाट छेकेर जैविक बिषादीप्रयोग गर्न सके किरा मर्ने र धानबालीमा समेत त्यत्रो क्षती नपुग्ने उर्लाबारी नगरपालिकाका कृषिशाखा प्रमुख अम्विका प्रसाद लुईटेलको सुझाव छ ।

 

 

यस किराले धान निस्कीय पछि फूल खेल्ने वेलैमा आक्रमण गर्ने, फेद बाट टुप्पै सम्म सुकाएर खेतै सखाप पार्ने, केहि लागेका पनि भुस मात्र हुने,त्यो रोग लागेका पराल समेत गाई बस्तुले नखाने, तथा ९० प्रतिशत सखाप पार्ने भएकाले उब्जनीमा समेत ठूलो असर पर्ने कृषि प्राविधिकले जानकारी दिनु भएको छ । यो रोग ढिलो पाक्ने जात रञ्जित, सरना, स्वर्णसप जस्ता धानबालीमा अधिक असर पार्ने भएकाले छिटो पाक्ने जातहरु प्र्रयोग गर्न सुझाव छ ।

 

 

आसपासका पालिकाहुदै तराईका अधिकांश क्षेत्रमायसको अधिक प्रभाव देखिएकाले कृषि प्राविधिकको सल्लाह बमोजिम उपचार गर्न र आगामी बर्ष हरुकालागि समेत साबधानी अपनाउनु सुझाव दिएको छ । यस्तै समय समयमापानी कटाएर खेत सुक्खाबनाउन सके केहि सुधार आउनेपनि प्राविधिक लुईटेल बताउनु हुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही