दमक, ११ कात्तिक । झापाको दमकमा लागूऔषध ब्राउनसुगरसहित एकजना सिटी सफारी चालक पक्राउ परेको प्रहरीले जनाएको छ।
हिजो सोमबार साँझ ७ बजे दमक वडा नं.९ शान्ती चोकमा लागूऔषध बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक ९बस्ने ३६वर्षीय मनोज धिमाललाई पक्राउ गरेको छ। उनले चलाई रोकी राखेको मे १ ह ७०६५नम्बरको सिटी सफारीको सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा प्लाष्टिक बाहेक ६ ग्राम ब्राउनसुगर फेला परेको छ।
सटीसफारी सहित उक्त लागूऔषध र उनको साथमा रहेको नगद १८हजार बरामद गरी धिमालमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।









