नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। उनीहरू चिकित्सकको निर्देशनअनुसार काम गर्छन् र बिरामीको स्वास्थ्य सुधारमा निरन्तर खटि रहन्छन्। नर्सहरू दिनरात नभनी २४ घण्टा सेवा दिने स्वास्थ्यकर्मी हुन्, जसले आपतकालीन अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्छन्। विरामीको नजिकको सेवा दिने भनेको नै र्नस हो । तर र्नसले आफनो पारिश्रमिक अनुसारको मुल्य पाएको छैन्न । नर्स पढि सक्दा सम्म लाग्ने लगानी र नर्सले दिने सेवा अनुसारको पारिश्रमीक नपाँउदा नर्सहरु आन्दोलित भएका छन् । देश भरिका नर्सहरु आकस्मीक सेवा बाहेक अरु सेवा ठप्प पारी १५ दिन देखी आन्दोलन गरि रहेका छन् ।

 

निजी र सरकारी अस्पतालका सबै र्नसहरुले दिने सेवा एउटै हो तर तलब भने फरक फरक छ । देशभरिका सबै र्नसहरुको समान तलब राज्यले उपलब्ध गराँउनु पर्यो भन्दै आन्दोलनमा उत्रीएका छन् । यदि राज्यले आफुहरुको माग पुरा गरेन भने नर्सले दिने अति आवश्यक सेवा बाहेक अरु सबै सेवा ठप्प पार्ने बताँउनु हुन्छ दमक अस्पतालमा र्कायरत स्टाफ नर्स मुना नेपाल ।

‘आन्दोलन गर्न रहर होइन बाध्यता हो । हाम्रो माग सरकारलाई १० दिन अगाडि बुझाएको । सुरुमा कालो पटि बाँधेर सेवा दिदै वार्ता बाट मिलाँउन खोजेको तर राज्यले ध्यान दिएन। ’ नेपाल नर्सीङ संघ झापाकी सचिव दवी दंगाल भन्नु हुन्छ अहिले सेवानै अवरुद्ध गर्नु परेको छ । अहिले दुई घण्टा मात्रै सेवा रोक ेपनि यदी राज्यले आफुहरुलाई नसुने आन्दोलन अझ शशक्त बनाउने दंगालले चेतावनी दिनुभयो ।

सरकारले निजी तथा सरकारी, सामुदायीक अस्पताल सबै क्षेत्रमा काम गर्ने नसर्हरुलाई तलब चौतीस हजार ७ सय ३० रुपैया र अन्य सेवा अनुसारको सुवीधा दिन निर्देशन गरेको छ । तर यो निर्देशन निजी अस्पतालहरुले पालना नै गरेका छैनन ।
त्यहि भएर कार्तिक २ गतेबाट पोखराको मणिपाल अस्पतालबाट आन्दोलन सुरु भयो । र्नसहरुले दिने सेवा अनुसारको पारिश्रमिक मुल्य प्राप्त नभएको र जोखिम भत्ता तथा अन्य सुविधा समेत नर्सहरुले माग राखेका छन् । यसरी नर्सहरुको मनोवल बढाएर नेपालको स्वास्थ्यलाई गुणस्तर बनाउन राज्यको संयन्त्र अग्रसर नभएको भन्दै नर्सहरुले बाध्य भएर देश छोडेर जान बाध्य पार्दै गइएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ नेपाल नर्सीङ सघं झापाकी अध्यक्ष टीका सुवेदी । उहाँले यदी यस्तै परिस्थित रहिरहे देशले नर्सको अभाव झेल्ने उहाँको भनाई छ ।

नर्स पेशा भनेको सम्बेदनशिल पेशा हो । दिन रात नभनि हरेक समय विरामीको सेवामा खटनु र्पछ । तर सेवा अनुसारको सबै नर्सले सम्मानजनक पारिश्रमिक मुल्य पाएको छैन्न । नर्स पढि सक्दा लाग्ने लगानि र देशमा बसेर सेवा दिदा पाउँने मुल्यले गर्दा नर्सहरु पढदै विदेश जान थालेका छन । सरकारले नर्सको माग पुरा नगर्ने र देशमा नर्सको अभाव भयो भने यसले नेपालको जनस्वास्थ्यको क्षेत्रमा भयावह स्थिती नआउला भन्न सकिन्न ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा बाढी, ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा

काठमाडौं,१० भदौ ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ड्युटीमा खटिएका ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने ४ जना अझै बेपत्ता छन्।

बस्ने भयो मन्त्रीपरिषदको बैठक

काठमाडौ , १० भदौ | रसुवामा अप्रत्याशित बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक

केपी ओलीको यस्तो अपिल सार्बजनिक

काठमाडौ ,१० साउन | पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीका कारण नदीमा पानीको बहाव बढेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको

प्रधानमन्त्रीको निर्देशन कस्तो?

काठमाडौ , साउन १० | रसुवामा बुधबार बिहान गएको बाढीका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित

रसुवामा बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह

काठमाडौं,१० भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं,१० भदौ । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपसचिव, प्रवक्ता तथा