झापामा उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै

झापा,१५ कार्तिक । झापामा चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएको स्रोतले जनाएको छ।

 

घरेलु तथा साना उद्योग कार्यालय झापाकी सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त तीन महिनाको अवधिमा कार्यालयमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका छन्। सोही अवधिमा जिल्लामा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ उद्योग नवीकरण गरिएको उहाँले बताँउनु भयो।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उद्योगतर्फ ३८ र वाणिज्यतर्फ २५ गरी ६३ उद्योग खारेज हुँदा तीन उद्योगको ठाउँसारी, १६ उद्योग नामसारी, १४ उद्योगको नाम परिवर्तन तथा १० उद्योगले उद्देश्य थपेका हुन्् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेको सूचना अधिकारी भट्टराईले जानकारी दिनु भयो।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईले बताँउनु भयो । उहाँका अनुसार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा विभिन्न शीर्षकमा ५४ लाख ३९ हजार २०० राजस्व सङ्कलन गरि सकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय