झापाको मेचीनगरमा आज बस दुर्घटना हुँदा ५ जना घाइते

झापा, १५ कात्तिक । झापाको मेचीनगरमा बस दुर्घटना हुँदा पाँचजना घाइते भएको प्रहरीले जनाएको छ।

 

आज शनिबार विहान ९ बजे मेचीनगर –१० धाइजन स्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट जनकपुरतर्फ जाँदै गरेको मे–१–ख २००२ नम्बरको मातृ भाग्य रेखा बस अनियन्त्रित भई ढुकुरे खोलाको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो। बसमा सवार २० –२५ जना यात्रुमध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ् ।

 

घाइते हुनेहरुमा भारत हिमालपुर बस्ने वर्ष ७७ की राम माया लामा, राजविराज बस्ने वर्ष ७२ का राम प्रसाद पण्डित, भारत सिलिगुडी बस्ने वर्ष ६५ की प्रमिला यादव, बसका सहचालक सूर्य नारायण यादव र ५ सप्तरी बस्ने वर्ष २३ का शेखर मण्डल आदि घाइतेको शरिरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने