दमकमा बृहत मोटरसाईकल र्याली गरेर एमालेले दियो यस्तो सन्देश, कहाँबाट आए यतीधेरै मोटरसाईकल?

दमक, १५ कार्तिक । दमकको मुख्य चोक । अर्थात आकाशे पुल भएको ठाउँ । यसभन्दा अली पश्चिम गोर्खा डिर्पाटमेण्ट भएको प्राङ्गण । एक दुई गर्दै मोटरसाईकलहरु जम्मा हुन थाले । केहि क्षणमै यहाँ हेर्दाहेर्दै मोटरसाईकलहरुको भीड लाग्न थाल्यो । उनीहरु एकै ठाउँमा मात्रै बस्न र अटाउन सक्ने अवस्थानै भएन । त्यसपछि त्यहाँ सामान्य सुरुवात गरेर त्यो भीडलाई अघी बढाइयो । अघी बढेको भीड आकाशे पुलदेखी दक्षिण तर्फ लाग्यो । दमक ८ सेतुमारी रोड हुदै दमक ९ पखेटे बाट उत्तर पुगेको यो र्याली शान्ती मार्गबाट राजमार्गमा निस्कियो ।

यसरी यहाँबाट पूर्व आएर क्याम्पसमोडबाट यो र्याली उत्तर लाग्यो । उत्तर लागेको र्याली दमक २ र ५ को सिमानामा रहेको आम्दा अस्पतालदेखी थोरै दक्षिण तर्फको नयाँ सडकबाट फेरी पूर्व लाग्यो ।

यहाँबाट बजार प्रवेश यो भीड फाल्नुगन्द चोकबाट दमकको पुरानो तरकारी बजारहुदै शंखरधर चोक र फर्नीचर लाईन हुर्दै दमकको डाँफे मुनाल चोक अर्थात गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

हालैको ‘जेन जी आन्दोलन’पछि देशभर असुरक्षा र त्रासको वातावरण बढ्दै गएको छ। पार्टीले राज्य संयन्त्र कमजोर पारिएको र नागरिकले आफूलाई असुरक्षित महसुस गर्न थालेको र त्यसैको प्रतिरक्षामा नेकपा एमाले पार्टि छ है भन्ने सन्देश दिन यो र्याली आयोजना गरिएको कोणसभालाई संवोधन गर्दै यूवा नेता नेकपा एमाले कोशी प्रदेश सदस्य शुशील राईले बताउनु भयो । एमालेका नेताहरूले सरकारले प्रहरी प्रशासनलाई निष्क्रिय बनाएको, अपराध नियन्त्रणमा ढिलाइ भएको र लुटिएका हातहतियार अझैसम्म फिर्ता ल्याउन नसकी प्रहरीमा गुमेको आत्मबल अहिलेको सरकारले गर्न नसकेको भन्दै सरकारको आलोचना उहाँले गर्नुभयो ।

 

राईले यस्तो संवेदनशील समयमा नागरिकमा आत्मविश्वास जगाउन, राज्य सशक्त बनाउन र राष्ट्रिय एकताको सन्देश दिनका लागि ¥याली आयोजना गरिएको बताउनुभयो । उहाका अनुसार एमालेले सदैव राष्ट्र, जनताको सुरक्षा र स्थायित्वका पक्षमा उठाउदै आएको जिकीर समेत गर्नुभयो ।

 

नेकपा एमाले जनसंगठन संयन्त्र परिचालन समितीले संयोजन गरेको यो र्यालीमा दमकका १० वटै वडा कमिटी,जनबर्गिय संगठन र अन्य शुभेच्छुकहरुको उपश्थिती रहेको थियो । एक हजार भन्दा बढिको सहभागीतामा उपस्थिती र्यालीमा एमालेसहितका जनसंगठनहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। युवा संघ नेपाल, अनेरास्ववियू, अहिख नेपाल महिला संघ, वकिल संघ, व्यवसायी र विभिन्न क्षेत्रका प्रतिनिधिहरू पनि ¥यालीमा सहभागी थिए। ¥यालीमा सहभागीहरूले लाल झण्डा फहराउँदै राष्ट्रभक्तिपूर्ण गीतहरू बजाएका थिए।

हालसालै राजनीतिक गतिविधि बढ्दै गएसँगै झापाको दमक क्षेत्र पुनः सक्रिय बनेको छ। एमालेले स्थानीय स्तरदेखि प्रदेशसम्म संगठन सुदृढीकरण अभियान चलाइरहेको छ। कार्यक्रममा एमालेका प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ता, युवा, विद्यार्थी तथा जनसंगठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,