रोपाईका बेला पानीको अभाब झेलेका किसान भित्र्याउने समयमा पानीबाटै थलिए

दमक, १५ कार्तिक । मोन्था चक्रवातको प्रभावका कारण बिहीबार रातिदेखि परेको अविरल वर्षाले दैनिक जनजीवन मात्र होइन, किसानका बालीमा समेत ठुलो क्षति र्पुयाएको छ। वर्षभरी खान पुग्ने गरी लगाइएको पाकेको धान काट्ने बेलामा आएको बेमौसमी वर्षाले खेतमा पानी जम्दा धान डुबेर नष्ट हुन थालेपछि किसानहरू मर्कामा परेका छन्। ।

चरम खडेरीका कारण ढिलो धान रोपाइँ गरेका मध्य र पूर्वी नेपालका किसान बाली भित्र्याउने वेला बेमौसमी वर्षाका कारण मारमा परेका छन्।। बुधबार रातिदेखि परेको पानीले कतिपय ठाउँमा काटिसकेको धान डुबाएको मात्रै छैन, पाकिसकेको धान पनि ढलेर डुबानमा परेको छ । विशेष गरी शुक्रबार तराईका जिल्लामा ठुलो पानी र्पयो । बढी धानखेती हुने सोही क्षेत्रमा बिहीबार साँझदेखि हावाहुरीसहित आएको वर्षाले काट्न ठिक्क भएको धान लडाएर क्षति पुगेको छ । दमक सहितका आसपासका क्षेत्रमा पनि ठुलो मात्रामा किसानका बालीमा क्षति पुगेको छ ।
दमक १० का किसान चुडामणी नेपालले छिटो थन्क्यााउन भनि धान काट्नुभयो तर, त्यस लगतै लगातारको वर्षाले गर्दा धान काटेर राखिएको खेतैमा पानी जमेर सबै धान डुबेर नष्ट भयो। अहिले उहाँ क्षतिभएकोमा चिन्तित त हुनुहुन्छ नै तर यस्तो अवस्थामा सरकारको राहतको अपेक्षा गर्न पनि नसकेको उहाँको भनाई छ ।

त्यसैगरी अर्का किसान गणेश ढुंगेल वर्षाले गर्दा खेतमा घुडाघुडासम्म पानी जमेको छ । त्यही पानी माथी धान ढलेर डुबेको छ । अब यस्तोमा वर्षभरी के खाने हो भनेर चिन्तीत हुनुहुन्छ। खेती गर्न धेरै श्रम र लगानी लाग्यो । सरकारले केहि क्षतिपूर्ति दिए आफूहरुलाई राहत पुग्ने उहाँको अपेक्षा छ ।

लगभग दुई बिगाहा जग्गामा धान लगााउनुभएकी किसान मेनुका बरालले भने बाली नष्ट भएपछि काटिएका धान गाईवस्तुलाई खुवाउन थालेको बताउनुभयो ।

यस्तै धानबालीमा क्षति पुगेका अर्का किसान लक्ष्मी प्रसाद बराल भने प्राकृतिक प्रकोपले गरेको क्षतिलाई बैकल्पिक बालीबाट क्षतिको पूर्ति गर्नुपर्ने धारणा राख्नुहुन्छ । यसका लागि सरकारले अब राहतका साथै मकै वा अन्य वैकल्पिक बालीका बीउ उपलब्ध गराउनुपर्ने उहाको धारणा छ ।

यो समस्या केवल दमकको मात्र नभई देशभरका तराई क्षेत्रका किसानहरूको साझा पीडा बनेको छ। महिनौ लगाएर गरेको परिश्रमको उपभोग गर्ने बेलामा क्षति हुदा किसान पीडामा छन् । किसानहरू अहिले राज्यबाट राहत र वैकल्पिक सहयोगको अपेक्षामा समेत छन्।।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि