एमालेको बाइक र्याली :यसो भन्छन नागरिक

दमक,१५ कार्तिक। नागरिकलाई राज्यले सुरक्षा दिन सकेन । डर त्रासमा नागरिक बाचि रहनु परेको छ । प्रहरीको मनोबल घट्दो छ । आवश्यक श्रोत साधन समेत दिन नसकेको र नागरिकले त्राहिमाम भएर बाचिरहनु परेको भन्दै त्यसको बिरोधमा दमकमा एमालेले मोटरसाइकल र्याली निकाल्यो । राज्यको अनुपस्थित भएको यो अबस्थामा एमाले जनताको साथमा छ भन्ने सन्देश दिन भन्दै आयोजना गरिएको र्यालीपछी के साच्चै नागरिकले आफू सुरक्षित भएको अनुभुति गर्न सक्ने भए त?

यो मोटरसाईकल र्याली नेकपा एमाले दमकको जनवर्गीय संघठन संयन्त्र परिचालन समितिले निकालेको हो ।

सरकारलाई राम्रो काम गर्न ध्यानर्कषण गराँउने मनासयले नेकपा एमालेले मोटर साइकल र्याली निकालेको हो भने राम्रो काम हो तर आफनो पार्टी जोगाँउ भन्ने सोचले हो भने एमाले मात्र होइन जुन सुकै पार्टीले र्याली निकाले पनि त्यो गलत काम भएको बताँउनु हुन्छ दमक—४ को स्थानय मणि तिम्सीना ।

यसभन्दा अघि नेकपा एमाले र नेपाली काङग्रेसको सयुक्त सरकार । त्यसबेला आम नागरीकले देशमा राजनैतिक स्थाईत्व र विकास अनि अन्य जनजिविका सवालमा असल काम होस भन्ने अपेक्षा राखेका थिए । तर सरकारले जे सहमति र जनतासँग वाचा गरेको थियो त्यस अनुसार परिणाम दिन नसके पछि जेनजी समुहले आन्दोलन गर्यो ।
जेनजी आन्दोलनको बलमा अन्तरीम सरकार गठन भयो । प्रधान मन्त्रि सुसिला कार्कीको नेतृत्वमा सरकार गठन भयो तर यो सरकारले अझै पुर्णता पाँउन सकेको छैन ।
लामो समय देखीको शक्तिशाली नेपाली काङग्रेस र नेकपा एमालेको वातावरण र्हेदा स्वार्थको विचारमा राज्य अगाडि बढाँउदाको परिणाम जेनजी आन्दोलन भएको दमक ८ का अर्का स्थानीय तुलसीराम सिटौलाले बुझ्नु भएको छ । चुनाब आँउदा मात्र आफनो पार्टी भन्ने र जिते पछि प्रगतिको काम कुनै पार्टीले नगरेको उहाँले आक्रोश पोख्नु भयो ।

आफू पार्टीको समर्थकनै रहेको बताउदै सिटौलाले भन्नू भयो पार्टीले गरेको नराम्रो गतिविधि को प्रतिफल जेनजी आन्दोलन हो ।जेनीले गरेको गतिविधिलाई एमाले ,काङग्रेस,माओवादि पार्टीले हामीले गल्ति गरेको भनेर स्वीकार गर्न आवश्यक रहेको उहाँले उल्लेख्य गर्नुभयो ।
। काङगे्रस ,एमाले,माओवादीले नारा जुलुस गर्नु भन्दापनि अहिलेको सरकारलाई सहयोग गर्न चुनावी वातावरण बनाउन उहाँले सुझाब दिनुभएको छ ।

नागरिकको साथ र समर्थन बटुल्ने हो भने जेनजी आन्दोलनले उठाएका मुद्दामा कुन दलका कुन नेता कहाँ चुकेका छन, छानविनमा सहयोग गर्ने, दोशी देखिए कार्वाही गर्ने र आफुलाई अझ जनमैत्री बनाउदै लैजान दमकबासीको सुझाब छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री डा.वाग्लेको दाबी

काठमाडौं,३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनु भएको छ् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा

(रास्वपा)का हरि ढकालद्धारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको

(रास्वपा)ले लगायो संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो

काठमाडौं,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको

५ कक्षामा अध्ययन गर्ने विद्यार्थीलेनै बनाउन सक्छन् रोवर्ट

दमक,३ वैशाख। वेवसाईड डेभ्लोप गर्न, वेव गेम बनाउन, अनी यती मात्रै नभएर रोवर्ट समेत बनाउन अहिलेका विद्यार्थीहरुले विद्यालयबाट सिक्ने गरेका छन् । दमक स्थित ग्लोवल

चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो

बिर्तामोड, ३ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको