अब दमकको निम्स हस्पिटलमानै सिटि स्क्यानको सेवा

दमक /
झापाको दमक ९ स्थित क्याम्पसमोडमा रहेको निम्स नेसनल हस्पिटलमा सिटि स्क्यान सेवा सुरु भएको छ । आज दमक नगरपालिकाकि उप प्रमुख गीता अधिकारीले सेवाको उद्घाटन गर्नु भएको हो ।

यो मेसिन दमकमै पहिलो ६४ सलाइसको रहेको दावी अस्पतालको छ । अब यहा २४ सै घन्टा सिटि स्क्यानका साथै भिडियो एक्सरे र डिजिटल एक्सरेको सेवा पाईने छ ।
दमकमा सिटि स्क्यानको अभावमा सेवाग्राहीले बिर्तामोड वा बिराटनगर जानू पर्ने बाध्यता थियो ।

केही दिन अघि दमककै एडभान्स हस्पिटलले पनि यो सेवा सुरु भएको छ । यो सहित दमकमा दुईवटा अस्पतालबाट सिटि स्क्यान हुने भएको छ ।

अब दमक सहित आसपासका नागरिकले  सिटि स्क्यान गर्न दमक बाहिर जानू पर्ने बाध्यता टरेको नगरकि उप प्रमुख अधिकारीले बताउनु भयो । दमकमा सरकारी स्तरको दमक अस्पतालको नया भवन निर्माणको भौतिक संचना अन्तिम चरणमा रहेकोले संरचना निर्माण सम्पन्न भएपछि त्यहाबट पनि विशेषज्ञ सेवा दिइने उहाले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।