झापाको अमला काण्डका आरोपीत बृद्धलाई जिल्ला अदालतले दियो सफाई, यस्तो छ फैसाला 

किशोरीका कारण संग्रौला परिवारले दुःख पाएपनि संग्रौला परिवारले ती किशोरीले समेत न्याय पाउनु पर्ने बताएका छन् ।

 

दमक, २२ । कार्तिक । गत बर्षको पौष महिनामा झापाको दुधेमा एकाएक एउटा खबर चर्चित बन्यो । अझ भन्ने हो भने भाईरल नै बन्यो । त्यो घटना थियो साही स्थानकी १९ बर्षिय किसोरीले सन्तान जन्माएको । त्यो पनि ८० बर्षिय बृद्ध संगको अनैतिक सम्बन्धबाट । यो खबरले सामाजिक सञ्जाल मात्र रंगिएन धेरैलाई अचम्म्ति बनायो । ८० बर्षिय स्थानीय कपिलमणी संग्रौलाले पीडीत भनिएकी १९ बर्षिय किशोरीलाई अमला दिई ललाईफकाई गरी गर्भवती बनाएको र पछि तिनै बाट सन्तान जन्माएको घटना, जसलाई अमला काण्ड भन्दै छ्यापछ्याप्ती बनाईयो ।

 

पीडीत परिवारले ईलाका प्रहरी कार्यलय झिलझिलेमा उजुरी दर्ता ग¥यो । पटकपटकको छफलफलपछि २०८१ फागुन ६ गते झापा जिल्ला अदालतमा म्ुद्धा नै दर्ता भयो । यस घटनाले संग्रौला परिवारलाई भने बिक्षिप्त नै बनायो । आफू निर्दाेश भएको तर सामाजिक सञ्जाल र समाजका केहि मानिसले संग्रौलालाई अपराधि बनायो । सामाजीक, मानसीक र आर्थीक रुपमा समेत यसले आफुहरुलाई असर पारेको भन्दै कपिलमणीका छोरा ओम अर्यालले गुनासो गर्नु भएको छ । आफ्नो बुवाको पक्षमा जिल्ला अदालतले फैसाला गरेपछि पत्रकार सम्मेलनको आयोजना गर्दै अर्यालले घटनाबाट परिवारलाई कस्तो असर पर्यो भन्नेबारेमा बताउनु भएको थियो ।

करिब डेढ बर्षको कानूनी लडाई र मेडिकल रिपोर्टले प्रतिवादी बनेका कपिलमणि संग्रौलालाई जिल्ला अदालत झापाले गत बुधबार सफाई दिएको छ । जिल्ला अदालत झापाका न्यायधिस पारसमणी पोखरेलको ईजलासको जारी बकपत्रमा प्रतिबादीलाई फसाउने वा बदला लिने मनसाय रहेको उल्लेख गरेको छ । वादीपक्षले जबरजस्ती करणी गरेको हो भनेपनि शारिरीक जाँच र त्यसको प्रतिबेदन अनी प्राप्त डिएनए रिपोर्ट , अदालतमा गरिएको बयान,प्रत्यक्षदर्शीका गवाई समेतका आधारमा प्रमाणबाट पुष्टि हुन नसकेकोका कारण सफाई दिएको उल्ल्ेख गरेको छ ।

 

बृद्धाअबस्थामा लागेको आरोपले कपिलमणी संग्रौलालाई बढी क्षत बिक्षत बनायो । अझ त्यो बेला सामाजिक सञ्जाल र युटुबहरुले भ्युजका लागि दिएको हैरानीले उहालाई मानसीक समस्या नै बढायो । आत्महत्याकै बाटो रोज्ने सम्मको आबस्थामा पु¥यो । समाजले दिएको अन्यायलाई अहिले अदालतले दिएको न्याय दिएकोमा कपिलमणी संग्रौला यसरी खुसि ब्यक्त गर्नूहुन्छ ।

 

संग्रौला परिवारलाई जिल्ला अदालतले न्याय दियो । तर यस अघी सार्वजनिक भएको घटनामा जोडीएकी ती किशोरी जसले बिना बुबाको सन्तान जन्माउनु भयो । ती महिलाले भने न्याय पाउनु भएन ।जन्मेकी ती नावालीकाले बाबु पाइनन् । तर ती नै किशोरीका कारण संग्रौला परिवारले दुःख पाएपनि संग्रौला परिवारले ती किशोरीले समेत न्याय पाउनु पर्ने बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विनाशकारी बाढी,नेपालको पूर्वसूचना प्रणालीसामु नयाँ चुनौती

काठमाडौं,११ भदौ । रसुवामा आएको विनाशकारी बाढीले नेपालको विपद् पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसामु नयाँ र गम्भीर चुनौती खडा गरिदिएको छ । हिमाली क्षेत्रको चीन र

दमकमा बजाजद्वारा नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक सार्वजनिक

दमक,११ भदौ ।नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले राजेश मोटर्स प्रालि (दिपिनी पुल, दमक) मार्फत दुई नयाँ विद्युतीय स्कुटर … C2501 Ú  र ‘चेतक 

भुँई मान्छेको समेत साथ, बढ्दै छ विस्वास, जुट्दै छ नागरिक एकता

दमक,११ भदौ । अहिले देश बाढीको वितण्डाले विक्षिप्त छ। प्राकृतिक विपत्तिले कैयौँ परिवारलाई शोकमा डुबाएको छ। कतै घर बगेका छन, कतै सडक र पुल भत्किएका

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग

काठमाडौं,११ भदौ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । प्राप्त सहयोग

कोशी कटान क्षेत्रमा मुख्यमन्त्री कार्की : तटबन्ध निर्माणमा प्रतिबद्धता

विराटनगर,११ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहिबार कोशी कटान क्षेत्रको अनुगमन निरीक्षण गर्नुभएको छ। उहाँले बराहा क्षेत्र नगरपालिका ९ र ६

रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

काठमाडौं,११ भदौ । रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे,