गौरादहमा प्रवासी परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दमक, कार्तिक २४। कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय कोईकाको सहयोग र अंकुर नेपालको सहकार्यमा सञ्चालित “के हामी परियोजना” अन्तर्गत प्रवासी नेपालीका परिवारका लागि गौरादह–५ मा रहेको साना किसानको पाहुना घरमा शनिवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।

 

कार्यक्रममा कोरियामा रोजगारीका लागि गएका नेपाली श्रमिकका परिवारका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालय झापाका सह–सचिव कृष्णप्रसाद सुवेदी कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो भने गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी विशेष अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गौरादह नगर प्रमुख छत्रपति सुवेदीले कोरियाबाट फर्केर आफ्नै गाउँमा व्यवसाय वा उद्योग थाल्न चाहने युवालाई नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।

 

प्रशिक्षकहरूले कार्यक्रममा कोरियामा कार्यरत नेपाली श्रमिकप्रति परिवारको जिम्मेवारी, आय व्यवस्थापन र वित्तीय योजना बनाउने तरिकाबारे जानकारी दिएका थिए। आयोजक ‘के हामी परियोजना’ का प्रतिनिधि सञ्जीव चापागाईंका अनुसार, कार्यक्रमको उद्देश्य प्रवासी नेपालीले कमाएको रकमको सदुपयोग, खर्च व्यवस्थापन र दीर्घकालीन आर्थिक स्थायित्वका लागि परिवारका सदस्यलाई आवश्यक वित्तीय ज्ञान र सीप प्रदान गर्नु हो ।

करिब १५ वर्ष कोरियामा बसेर स्वदेश फर्किएका बालकृष्ण बान्तावाले पनि कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। उहाँले कोरियामा कमाएको पूँजी र त्यहाँ प्राप्त सीप प्रयोग गरी हाल नेपालमै व्यवसाय सञ्चालन गरिरहेको बताउनुभयो। बान्तावाले यस्ता कार्यक्रमहरूले प्रवासीको परिवारमा वित्तीय सचेतना वृद्धि गर्न सघाउने भए पनि अझ केही पक्षमा सुधार गर्नुपर्ने सुझाव पनि दिनुभयो।

त्यसैगरी गौरादह–७ का लक्ष्मण खड्काले आफ्नो छोरा कोरियामा रहेको बताउँदै, पठाएको रकमलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा उपयोगी ज्ञान पाएको प्रतिक्रिया दिनुभयो ।

पछिल्ला समयमा हरेक परिवारका सदस्य बिदेशी रहेको छन् तर बिदेशबाट कमाएर पठाएको रकम ब्याबस्थापनमा ब्याबहारिक ज्ञान नहुदा दिेशी भूमिमा गरेको दुख जस्ताको तेस्तै हुन्छ । यस्ता कार्यक्रममले विदेशमा रहेका नेपाली श्रमिकका परिवारमा वित्तीय अनुशासन, योजना बनाउने क्षमता र आर्थिक सशक्तीकरणमा टेवा र्पुयाउने विश्वास आयोजकले लिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,