१४४ औ फाल्गुनन्द जयन्ती किरात समुदायले मनाए बिशेष कार्यक्रम गरि

लिङदेनको उपदेशलाइ मूलमन्त्र मानेर अघि बढ्नुको बिकल्प नभएको अनुयायीहरुको भनाई

दमक, २६ कार्तिक । २० औ शताब्दीका समाज सुधारक किरात धर्मका महागुरु एबं २५ राष्ट्रिय बिभुती फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका अबसरमा मङगलबार देशैभर बिभिन्न कार्यक्रम गरि मनाईएको छ । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको भन्दै प्रत्येक बर्ष उहाँको सम्झनामा किरात समुदायको बाहुल्यता रहेको पूबी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । यसैक्रममा झापाको कमलमा पनि बिशेष कार्यक्रमको आयोजना गरि मनाईएको छ । जयन्तीका अवसरमा किरात धर्मगुरु आत्मा लिङ्गदेन र श्रीमती पवितत्रा हाङ्गमा साँवा लिङदेनकोे बिशेष आतिथ्यता रहेको थियो । बर्तमान किरातधर्मगुरु र धर्मगुरुआमाको स्वागतमा सयौको उपशिथति रहेको थियो ।

 

समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले र्पुयाउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
कमल गाउँपालिका ३ स्थित केर्खामा निर्माण भएकोे किरात तियेङलुङ चोलुङ माङहिमको प्राङगणमा धर्मगुरुको आतिथ्यतामा भएको कार्यक्रममा उपश्थित भएका अनुयायीहरुलाई महागुरु लिङदेनको मार्गमा हिड्नुपर्ने धारणा राखेका छन् । उनीहरुले महागुरुले २० औ शताब्दीमा गरेको योगदानले आज समुदाय निकै अघि बढिसकेको बताएका छन् ।
मोरङको,मिक्लाजुङबाट आउनुभएका किरात धर्म अनुयायी राज लिम्बुले महागुरुको एउटै उपदेश बिश्वशान्तिको मन्त्रलाई आत्मसात गरेर त्यो बेलाको जर्जर रहेको समााजलाई सुधारका निम्तिी गरेको योगदानलाई सम्झना गरिने बताउनुभयो ।

 

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइएको थियो ।विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विनाशकारी बाढी,नेपालको पूर्वसूचना प्रणालीसामु नयाँ चुनौती

काठमाडौं,११ भदौ । रसुवामा आएको विनाशकारी बाढीले नेपालको विपद् पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसामु नयाँ र गम्भीर चुनौती खडा गरिदिएको छ । हिमाली क्षेत्रको चीन र

दमकमा बजाजद्वारा नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक सार्वजनिक

दमक,११ भदौ ।नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले राजेश मोटर्स प्रालि (दिपिनी पुल, दमक) मार्फत दुई नयाँ विद्युतीय स्कुटर … C2501 Ú  र ‘चेतक 

भुँई मान्छेको समेत साथ, बढ्दै छ विस्वास, जुट्दै छ नागरिक एकता

दमक,११ भदौ । अहिले देश बाढीको वितण्डाले विक्षिप्त छ। प्राकृतिक विपत्तिले कैयौँ परिवारलाई शोकमा डुबाएको छ। कतै घर बगेका छन, कतै सडक र पुल भत्किएका

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग

काठमाडौं,११ भदौ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । प्राप्त सहयोग

कोशी कटान क्षेत्रमा मुख्यमन्त्री कार्की : तटबन्ध निर्माणमा प्रतिबद्धता

विराटनगर,११ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहिबार कोशी कटान क्षेत्रको अनुगमन निरीक्षण गर्नुभएको छ। उहाँले बराहा क्षेत्र नगरपालिका ९ र ६

रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

काठमाडौं,११ भदौ । रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे,