एमालेले सडकमा आएर शक्ति प्रर्दशन किन गर्यो ?

दमक, २६ कार्तिक। यतीबेला एमाले सडकमा छ । केहि महिना अघी राज्य शक्तिको बागडोर सम्हालेर हालीमुहाली गरेको पार्टि एमाले जेन जी आन्दोलनपछि सबैभन्दा प्रहार खेपीरहेको छ । सामाजीक सञ्जालमा आलोचनाको ट्रेण्डीङमै छ । सबैभन्दा धेरै आलोचना खेपीरहेको छ । अहिलेपनि कहि नारा र जुलुस लाग्यो भने प्रहार गर्ने नारा एमालेकै विरुद्धमा हुन्छन । तर पनि एमाले अहिले सडकमा देखीएको छ ।अन्य दलहरु आन्तरीक द्धन्द्ध र विवादमा रुमली रहेको बेला अहिलेको अवस्था र स्थितीमा प्रतिकार गर्दै सडकमा नेकपा एमालेका कार्यकर्ता उत्रीएका छन् ।

 

यो दृष्य झापाको कमल गाउँपालिकाको हो । नगरभरी र अन्य क्षेत्रका समेत गरी एमालेका कार्यकर्ता र समर्थकहरु मोटरसाईकल र्याली गर्दै हामी डगमगाएका हैनौ, छैनौ । हामी जनताको साथमा छौ । जनताद्धारा निर्वाचीत सांसदहरुको प्रतिनिधीसभा पूःन स्थापर्ना गराएर अहिलेको अस्थिरतालाई स्थिरता ल्याउन पर्छ भन्दै सडकमा उत्रीरहेको देखिन्छ ।

¥याली कमल गाउँपालिका–५, पाडाजुँगी चोकबाट दिउँसो १२ बजेदेखि सुरु भई पाडाजुँगी, वडा कार्यालय–६, फौदारसिङ चौक, दही चोक, छलफल चौक, गेउरीया चोक हुँदै बाँसबारी, क्याम्पा हुँदै केर्खामा समापन गरिएको थियो। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाएका थिए।

भदौ २३ गते जेनजी आन्दोलन भयो । त्यस दिन राज्यका तर्फबाट विद्यार्थी पोषाकमै रहेका यूवाहरुको निहथ्या भयो । अवस्था असमान्य बन्दै गएपछि त्यसको भोलीपल्ट राज्यका विरुद्धमा देशभर अर्को अन्दोलन भयो । जसले गर्दा थप नागरिकको ज्यान गयो भने राज्यका कयौ संरचना जलेर धवस्त भए । अत्याधीक लुटपाट भए । व्यक्ति केन्द्रित समेत निसानामा बनाइयो । जसले गर्दा देशले इतिहाँसमै सबैभन्दा धेरै क्षती बिहोरेको थियो । यसबाट देशलाई परेको असर र त्यस घटनामा संलग्न सबैलाई छानविन गरि कानुनी कार्वाहिमा ल्याउन कार्यक्रममा सहभागी भएका नेताहरुले माग गरेका पनि थीए । वर्तमान सरकारले देशलाईलाई थप अस्थित बनाएको । अशान्त तर्फ लगेको र मुडबेड गराउन उद्धत गरेको भन्दै दुई दिनकै घरटनाको अहिले सम्म छानविन गरि दोशीलाई कार्वाहि गर्न बिफल रहेको एमाले कमलका अध्यक्ष हरि प्रसाद ढकालले बताउनु भयो ।

आन्दोलनको जगबाट अहिले अन्तरीम सरकार बनोको छ । गैरदलीय व्यक्तिहरुको सहभागीतामा बनेको यो सरकारको मुख्य जिम्मेवारी चुनाव गराएर जन निर्वाचीत संसदलाईनै सरकार फिर्ता गर्नु हो । त्यसकालागी फागुन २१ गतेकालागि चुनावको मिती तोकीएको छ । तर निर्वाचन हुन्छ र भन्ने आशंका चाहि व्याप्त छ । खासगरी भदौ २४ गते भएको आन्दोलनमा प्रहरी कार्यालयहरु तोडीएका छन् । जलाइएका छन् । त्यहाँका हतियारहरु लुटिएका छन् । जेल तोफोड गरेर कैदिहरु भागेका छन् । विभिन्न अपराध गरेका ती कैदीहरु समाजमा यत्रतत्र रहेका छन् । यस्तो डर र त्रासको बेलामा चुनाव जस्तो महत्वपूर्ण काम कसरी हुन्छ ? यस्तो अवस्थामा हुने चुनावले कस्तो जनादेश देला ? भन्दै चुनाव हुन नसक्ने र बिगठीत संसद पूःनस्र्थापना गर्न एमालेले देशभर आन्दोनल गरेको नेकपा एमालेका केन्द्रिय सदस्य रोमनाथ ओलीले बताउनु भयो ।

एमालेले हालैका दिनमा संसद पुनःस्थापनाको मागलाई तीव्र रूपमा उठाउँदै आएको छ। पार्टीले प्रतिनिधिसभा विघटनलाई संविधान विपरीतको कदम भन्दै तत्काल पुनःस्थापना तथा वर्तमान अन्तरिम सरकार विघटनको माग गर्दै देशव्यापी जनसङ्गठन र प्रदर्शनहरूलाई निरन्तरता दिने जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु