दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो ।

केही महिना अघिसम्म त यो नीयमको पालना पनि हुने गरेको थियो र केही हद सम्म पैदल यात्री र यात्रुहरुलाई सहज भईरहेको थियो । तर, गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पछि भने फेरी ती व्यवस्था अस्तव्यस्त नै बन्यो । त्यस पछि भने मनपरि सवारी पार्किङ हुन थाल्यो जसले गर्दा अहिले भने ती सडकहरुमा सवारीको चापले गर्दा दुर्घटनाको जोखीम बढ्दै गएको छ ।

 

यो दमकको बेलडााँगी रोड हो । दृष्यमा देखिएको यो सवारी चापले यहाँको सडकको अवस्था कस्तो छ भन्ने स्पष्ट पारेको छ । अनी नगर सरकारले घोषणा गरेको एकतर्फि पार्कीङको नियमको यहाँ नागरीक स्तरबाटै धज्जी उडाइएको छ ।

 

नगर सरकारले महिनाको १ गते देखी १५ गते सम्म पूर्व र १६ गते देखी मसान्त सम्म पश्चिम तर्फ पार्किङ गर्ने नियम लगाएको छ । तर अहिले यसको कार्यान्वायन नै भएको छैन । यसले गर्दा दमक बजारका सडकहरु अस्तव्यस्त मात्रै भएका छैनन् सर्वसाधारण यात्रुले सास्ती समेत खेप्नु परेको छ ।

पार्किङ अव्यवस्थित बन्दा पैदलयात्रीले मात्र हैन साना सवारी चालकहरुले पनि समस्या भोगीरहनु परेको छ । पार्किङलाई व्यवस्थीत बनाउनको लागी नगरपालिकाले बनाएको नियमको पालना गराउन नगर प्रहरी परिचालन गर्नुपर्ने र त्यसबाट व्यवस्थापन खोज्नुपर्ने स्थानीयबासी दिपेश आचार्य बताउनुहुन्छ ।

जेन्जी आन्दोलन भन्दा अघि एकतर्फी पार्किङको नियमको पालना नगर्नेहरुको हेल्मेट नगरपालिकामा ल्याएर रााखिदिने र टायरमा विललक लगाईदिने गरिएको थियो जसले गर्दा डरले पनि नागरिकहरुबाट त्यो नियमको पालना भएको थियो । तर, जेनजी आन्दोलनको क्रममा ति सवै विल लकहरु लुटिए, जलाईए जसका कारण अहिले दुई तर्फी नै पार्किङ गरे पनि कसले के गर्छ र भन्ने मानसीकता नागरिकमा बढ्न थाल्यो ।

 

तर यो नागरिककै सहजताकालागि हो भनेर नागरिकले बुझ्न सकेनन । जसले गर्दा नियम पालनामा राज्य संयन्त्र कडाई हुनुनै पर्ने देखियो । जसकालागी अहिले नगरपालिकाले नगर प्रहरीहरु परिचालन त गरेको छ तर उनीहरु केवल स्टाचु जस्तै मात्र भएका छन् । कुनै कडि कडाई गरेर नियम पालउना गराउन नसकेको नगर प्रहरी प्रमुख रुद्र कार्की स्विकार गर्नुहुन्छ ।

 

नियम राज्यका लागी नभएर नागरीकका लागी हो । नागरिकलाई सहज र सजीलो होस भन्न बनाइएका हुन । तर नागरिक बाटै त्यसको पालना हुन नसक्नु नागरिकहरुकै गैरजिम्मेवार पनि त हो । सुधार र परिवर्तन चाहने नागरिकले राम्रा नियमको पालना आफै इमान्दारीताका साथ किन नगर्ने ? एक पटक यो प्रश्नको जवाफ आफैबाट खोजौ र परिवर्तनका भाषण गर्ने बानी गरौ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,