दमक खानेपानी : विपन्नलाई निशुल्क धारा जडान,जडान शुल्क समेत घट्यो

महशुलमा छुट, धरौटी रकममा कटौती , बिप्पन्न लक्ष्यित अन्य कार्यक्रम यो समितिका प्रसंशायोग्य काम

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ यस वर्ष पनि उपभोक्तामुखी सेवा, पारदर्शिता र दिगो व्यवस्थापनलाई प्राथमिकता राख्दै साधारण सभाको आयोजना गरेको हो ।

 

कार्यक्रममा उपभोक्ता, स्थानीय प्रतिनिधी, सरोकार नीकायका सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो भने सोही कार्यक्रम कोशी प्रदेशका माननीय संसद होम बहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

 

कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमककी सदस्य दुर्गा देवी खनाल काफ्लेले संस्थाले गरेको वार्षिक कार्यको बारेमा चर्चा गर्दै संस्थाले सधैँ उपभोक्ताको स्वास्थ्य र सहजतालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

 

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी रहनुभएका होमबहादुर थापाले संस्थाले गरेको काम उदहारणीय रहेको बताउदै खानेपानीको वर्गीकरण महानको पहिचान र वर्गीकरण समेत गर्ने काम प्रदेश सरकारबाट गरिरहेको र कान’नी वाधा र अवरोध पनि हटेको बताउनुभयो ।

 

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रवि न्यौपाने खत्रीले आर्थिक वर्ष २०८२÷०८३मा थप गर्न प्रस्ताव गरिएका प्रमुख कार्यहरु सार्वजनिक गर्दै प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाले थप स’धार तथा विस्तारको लागी ए डि वि काृ आर्थिक सहयोग र नेपाल सरकारबाट निर्माण ह’ने योजनामा सम्झौता बमाृजिम २० प्रतिशत मा ५ प्रतिशत नगर र १५ प्रतिशत क्तण लिने र भुक्तानी गर्न क’नै किसीमकाृ बाधा आएमा खानेपानी अपभोक्ता संस्थाले आवश्यक सामधान गर्ने गरी स्वीकृत र अनुमोधनको लागी पेश गरेको बताउनुभयो ।

 

दमक भरी स्वच्छ खानेपानी पुर्याउन सस्थाले विभिन्न आयोजनाका काम गरिरहेको समेत उल्लेख गरिएको छ । दमकका अधिकांश नागरिकले स्वच्छ खानेपानीको सेवा पाउने कुराको निरन्तरता र यहाका आर्थिक गतिविधि समेत थप पारदर्शी बनाउन कार्यक्रमका अतिथिहरुले सुझाब दिनु भएको थियो ।

 

महशुलमा छुट, धरौटी रकममा कटौती , बिप्पन्न लक्ष्यित अन्य कार्यक्रम यो समितिका प्रसंशायोग्य काम रहेको पनि कार्यक्रमका बक्ताहरुले बताउनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने