५ देखि १२ वर्षका बालबालिकाका लागि यसै महिना काेराेना खाेप ल्याइन्छ : मन्त्री खतिवडा

 

 

 

काठमाण्डाै – सरकारले यसै महिना पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याउने भएको छ ।

राष्ट्रिय सभाको संयोजन तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा सांसदहरूसँग आज मङ्गलवार भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले याे जानकारी दिनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि यसै महिना खोप ल्याउने तयारी भइरहेको छ ।’ यो महिनाभित्र खोप ल्याउन सकेमा अर्को महिनादेखि लगाउन सुरु गर्ने उहाँको भनाइ छ ।

मन्त्री खतिवडाले आउँदो वैशाखसम्म १२ वर्षमाथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाउने सरकारको लक्ष्य रहेको बताउनुभयो । यो अभियानमा सांसद र पालिकाका जनप्रतिनिधिको सहयोग महत्त्वपूर्ण हुने भएकाले सहयोग गर्न उहाँले आग्रह आग्रह गर्नुभयो ।

‘हामी तपाईँकाे गाउँठाउँमा खोप पुर्‍याउँछौँ, यसमा कुनै शङ्का नगर्नुहोला । स्थानीयस्तरमा खोप लगाउन समन्वय गर्न म समुदायसँग जोडिएका जनप्रतिनिधिलाई अनुरोध गर्दछु’, खतिवडाले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले वैशाख ३० गते हुने स्थानीय तहको चुनावअघि नै सबै नागरिकलाई खोप लगाउनुपर्नेमा जोड दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत