काठमाडौँ ,१ मंङसीर ।। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता दायर गर्नु भएको हो।
सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश दिएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको हो। हाल राजदूतहरु परराष्ट्रमै हाजिर भएका छन् ।
अदालतको अवहेलना निवेदन दर्ता भएको र निवेदनको पहिलो पेसी मंसिर ८ गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनु भयो । निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ । सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहनु भएकाी कार्कीविरुद्ध यो पहिलो अवहेलना निवेदन दर्ता भएको हो ।









