९ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

 

 

बिर्तामोड  झापाको अर्जुनधारा नगरपालिका–५ बस्ने सेवुलाल चौधरीलाई यतिबेला आफ्ना ९ वर्षका छोराको भविष्य सम्झेर रातभर निन्द्रा लाग्दैन । गत असोजदेखि उनका छोरा आकाशमा मानसिक समस्या देखिन सुरु भएपछि चौधरी तनावमा छन् ।

केही समय अघिसम्म सामान्य रहेका उनका छोरा आकाशमा एक्कासि मानसिक रोग देखापरेपछि चौधरी समस्यामा परेका हुन् । अत्यन्त न्यून आर्थिक अवस्था भएका चौधरी काम गर्नु कि छोरो हेरेर बस्नु भन्ने अवस्थामा छन् ।

दुई छोरामध्ये उनको कान्छो छोरो आकाशको मानसिक सन्तुलन कमजोर भएपछि चौधरीलाई सङ्कट परेको हो । उनकी श्रीमती रीता भारतको नागाल्याण्डमा बस्दै आएकी छन् । सेवुलालसँग सम्बन्धविच्छेद गरेर रीता भारतमा बस्न थालेकी हुन् । मानसिक सन्तुलन कमजोर भएको छोराको रेखदेख गर्ने समयमा रीताले आफूसँग सम्बन्धविच्छेद गरेको चौधरीको भनाइ छ ।

सामान्य ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका चौधरीलाई छोरा हेरेर बस्नु कि काम गरेर खाना जुटाउनु भन्ने चिन्ता छ । ‘काम गर्न नजाँदा खाना हुँदैन, काममा जाँदा छोरा हुँदैन’–चौधरी अहिले यही पीडामा छन् ।

मानसिक सन्तुलन गुमेका उनका छोरा घर छोडेर हिँड्ने भएका कारण उनलाई छोड्न नमिलेको हो । ‘धेरै पटक हिँडिसक्यो, कहिले बिर्तामोड, कहिले इलामको दानाबारीदेखि भद्रपुरसम्ममा फेला पारेर घर ल्याएँ’ चौधरीले भने, ‘जस्तै भए पनि आफ्नो सन्तान, माया हुँदो रहेछ ।’

कोही नभएको समयमा आकाश घर छोडेर हिँड्ने, फोहोर कुरा टिपेर खाने तथा अरू मान्छेसँग तथानाम बोल्ने गरेको स्थानीय कौशल भण्डारीले बताए । ९ वर्षसम्म स्कुल जान नपाएका आकाश घर छोडेर हिँडेपछि आफै घर नफर्किने जानकारी उनले दिए । ‘खोजेर नल्याई हँुदैन’–उनले भने । आकाशले अस्वभाविक चरित्र देखाउन थालेपछि उपचार गर्ने व्यवस्था मिलाउँदै गरेको उनले बताए ।

घरमूली चौधरीले काम नगरी परिवारको हातमुख जोडिँदैन । उनी ज्यालामजदुरीका लागि ठेकेदारले बोलाएको ठाउँमा जानैपर्छ । यस्तो अवस्थामा चौधरीले छोरालाई साङ्लोले बाँधेर काममा जाने गरेको बताए । अमानवीयजस्तो देखिए पनि बच्चाकै सुरक्षाका लागि साङ्लोले बाँधेको उनको भनाइ छ । चौधरीले उनको उपचारमा सहयोग गरिदिन सबैमा अनुरोध पनि गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा