विद्यार्थीको दाँतको अवस्था बुझ्न ओम शान्त्ती डेण्टलको दन्त शिविर

दमक, २ मंसीर । दमकमा रहेको एकमात्र दन्त अस्पताल, ऊँ शान्ति डेन्टल हस्पिटलले विभिन्न संघसंस्था र विभिन्न विद्यालयहरुसँग समन्वयन गर्दै नियमित निशुल्क दन्त शिविर सञ्चालन गर्दै आएको छ । यसै क्रममा, हस्पिटलले मंगलबार कमल ५ मा रहेको स्मारिका सामुदायीक विद्यालयमा पनि एकदिने निशुल्क दन्त शिविर सम्पन्न गर्यो ।

कमल ५ स्थित पाडाँजुगीमा रहेको स्मारीका सामुदायीक अग्रेजी बोर्डीङ स्कुलमा विद्यार्थीहरु लाईन लगेका थीए । उनीहरु विद्यालयको एसेम्लीकालागी तयार भएका चाहि हैनन । उनीहरु त यहाँ आफ्नो दाँत कस्तो छ भन्नेबारेमा परिक्षण गर्न लामवद्ध भएका हुन ।
किनकी मंगलबार दमकमा रहेको ओम शान्त्ती डेण्टल हस्पिटलले निशुल्क दन्त शिविर राख्यो । बालबालिकाका दातको अवस्था र स्थिती बारेमा अध्ययन गर्न र निशुल्क परामर्ष दिन अस्पताले यस्ता सार्वजनीक स्थान चयन गर्ने गरेको अस्पतालका व्यवस्थापक कमल गैरेले जानकारी दिनुभययो ।

करिव ७ सय जना विद्यार्थी अध्ययन गर्ने यो स्मारीका स्कुल बालबालिकाको दाँतको अवस्था र स्थिती पहिचान गर्न एउटा महत्वपूर्ण प्लेटफर्म बन्यो । यसबाट विद्यार्थीले पनि आफ्नो दाँतको अवस्थाबारेमा थाह पाए । सुरक्षाकालागी ध्यान दिनुपर्ने कुरा दाँतका विषेशज्ञहरुबाट विद्यालयमै निशुल्क पाए । विद्यार्थीहरुको स्वास्थ्य स्थिती के छ भनेर विद्यालय स्वयंमले समेत यसखालका शिविरहरु विद्यालयमै आयोजना गर्ने गरेको समेत जानकारी दिनभयो विद्यालयका प्रन्सिपल गुणराज गिरीले ।

यस खालको शिविरले बालबालिकाले दाँतको सुरक्षामा कत्तिको ध्यान दिइ रहेका छन् भन्ने त पात्ता लाग्छ नै यस बाहेक यहाँ परिक्षण गराएका कोहि पनि विद्यार्थीलाई थप उपचार र शल्यकृया नै गर्न पर्यो भने अस्पतालले थप आर्थीक सहुलीयत समेत प्रदान गर्ने जनाएको छ । विद्यालयको शिविरमा परिक्षण गराएका विद्यार्थीहरुलाई २० देखी २५ प्रतिशत सम्मको छुटको समेत सहुलीयत प्रदान गर्दै आइएको अस्पतालले जनाएको छ । यसबाट ओम शान्त्ती डेण्टल हस्पिटल नागरिकको स्वास्थ्य स्थिती प्रति संवेदशिल त छ थप चीन्तीत समेत रहेको स्पष्ट देख्न सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु