पथरीशनिश्चरे–१० कि बिनिता कलाकारमा जम्दै

पथरी शनिश्चरे समाचारदाता, मङ्सिर –२ । मोरङको पथरीशनिश्चरेकी –१० ऐयाबारीकी २६ वर्षीया बिनिता कार्की नेपाली अभिनेत्री तथा मोडेल हुन्, जसले नेपाली फिल्म उद्योगमा उदाउँदो प्रतिभाका रूपमा आफ्नो स्थान बनाउने प्रयासमा छिन्। खोटाङमा जन्मिएकी बिनिताले बाल्य–कालपछि मोरङको पथरीशनिश्चरे–१० मा बसोबास गर्दै त्यहीँबाट आफ्नो शैक्षिक तथा कलात्मक यात्रा अघि बढाइन्।
उनले प्रारम्भिक शिक्षा श्री केबी मेमोरियल अंग्रेजी बोर्डिङ हाई स्कुल पथरीशनिश्चरे– १० रिगुवबाट पूरा गरेकी हुन्। उच्च माध्यमिक तह उनले आईजे पायोनियर कलेज, हात्तीवन ललितपुरमा अध्ययन गरिन् र पछि उच्च अध्ययनका लागि अष्ट्रेलिया पुगी नयाँ शिक्षा सिड्नीबाट स्नातक गरिन्।

५.७ फिट उचाइकी बिनिता मोडेलिङ र कलाकारिताबाट दर्शकसमक्ष परिचित हुँदै गइरहेकी छिन्। आकर्षक व्यक्तित्व, क्यामरासामु आत्मविश्वासी उपस्थिती र स्वाभाविक अभिनय क्षमताका साथ उनले आफ्नो डेब्यू फिल्म ‘पिआर’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। यसले उनको अभिनय करियरलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ।

अनुशासित, लक्ष्यकेन्द्रित र मेहनती स्वभावकी बिनिता फुर्सदमा किनमेल, यात्रा र विभिन्न परिकारका खाना पकाउनमा रुचि राख्छिन । हिन्दू परिवारमा हुर्किएकी उनी आधुनिक सोच र परम्परागत मूल्यबीच सन्तुलन राख्ने कलाकारका रूपमा चिनिन्छन्।

फिल्म र मोडेलिङ दुवै क्षेत्रमा आफूलाई निरन्तर उभ्याइरहेकी बिनिता कार्की नेपाली मनोरञ्जन उद्योगमा सम्भावनायुक्त र भविष्यमा अझ दमदार उपस्थिति जनाउन सक्ने प्रतिभाका रूपमा हेर्न सकिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल