दमकको बेलडाँगी बजार : उद्घाटन भएको एक वर्ष पनि टिकेन , जथाभावी पसल थाप्नाले बजार प्रभावित

दमक, ४ मंसिर । खासगरी भुटानी शरणार्थी र स्थानीय किसानका उत्पादनले बजार पाउन सकुन भनेर दातृ निकायको समेत सहयोगमा बेलडाँगी बजार भब्य उद्घाटन गरियो । जथाभावी पसल खोल्ने र अस्त ब्यस्त भएका ब्यापारीलाई एकीकृत गर्न भन्दै सुरु गरिएको यो बजार केही महिना देखि अव्यवस्थित बन्यो भने एक वर्ष समेत नहुदै यो गौचरनमा परिणत भएको छ । खासमा किन यस्तो भयो?

दृष्य्मा देखिएका यी टहरा प्यापारिक प्रयोजनकालागी बनाईएका हुन । तर यहाँ अचेल व्यापारी आउदैनन । बरु तालपर्यो भने यहाँ चर्न आएका चौपाया बस्ने गोठ बनाउन पछि बाकी राख्नेवाला छैनन यहाका स्थानीयले । अस्त ब्यस्त बनेको यहाका पसल र दोकानेहरुलाई एकै ठाउमा त्यो पनि सुरक्षितसाथ राख्न टहरा बने । पक्की संचरचना सहित पनि बने । तर यहाँ त अहिले व्यापारी हैन पशु चौपायाको गौचरन बनेको छ । यसरी अहिले यहाँ व्यापारी पनि आउदैनन । अनि ग्राहक पनि । त्यसैले स्थानीय स्तरका उत्पादनको स्टल समेत नराखेको बताउनुहुन्छ दमक ३ का मनि सिंह तामाङ ।

जसलाई जहाँ मन लाग्यो त्यही पसल थाप्ने । सडकका किनार किनारमा जे सुकैको पसल खोलीएपछी बजारमा ग्राहक जान छोडे । दमकबाट बेलडाँगी आउने ब्यापारीको आउन बन्द भयो । तर नगरपालिका र बजार ब्यबस्थापन समितिले यसको उचित व्यवस्थापन गर्नै सकेन । त्यसकारण छाडा छोडेका रागा जस्तै बने यहाका अधिकांश व्यापारी । यद्यपि नगरपालिकाले तोकेको ठाउमा अझैपनी व्यापार गरिरहनुभएका डिबि सुब्बा र राम साहको गुनासो छ खासगरी व्यवस्थापन समिती निकै कमजोर भयो । आफ्नै नियम लागू गराउन सकेन । निरीह बन्यो ।

चिटिक्क परेका यी टहराहरु २०८१ साल भाद्र १८ गते बिधिवत उद्घाटन गरि स्थानीय ब्यापारीलाई हस्तान्तरण गरिएको थियो । तर आफ्नै ठाउको बजार आफै व्यवस्थापन गर्न नसकी कमजोर बनेको व्यवस्थापन समितिले अहिले यो बजार नै कोल्याप्स पारिदियो । जसले यापारी मात्र तितरबितर भएनन । स्थानीय उपभोक्ताको एकता र बजारमा देखिएको नया चहलपहल अनि यसले बेलडाँगीलाई दिएको पहिचान समेत गुमाईदिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु