विद्यार्थीलाई नैतिकता सिकाउँदै दमककाे सरस्वती मावि

दमक, ५ मंसिर । दमक ९मा रहेको सरस्वती माध्यमिक विद्यालय इटभट्टामा विद्यार्थीको जीवनमा उपयोगी हुने विविध कार्यक्रम एकैदिन सम्पन्न भएको छ । विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको पहलमा आयोजना भएको उक्त कार्यक्रममा रेडक्रस सोसाईटी विविध कार्यक्रम गरेको थियो । कार्यक्रम केके भए? र त्यसबाट के उपलब्धि भयो?

रक्तदान किन गर्ने? रक्तदान गर्दा शारीरिकरुपमा के फाईदा हुन्छ? अनि लागुपदार्थ प्रयोगले शरिरमा पार्ने असर तथा सडक दुर्घटना न्यूनीकरणमा विद्यार्थीको भुमिका के हुन्छ? भन्ने बारेमा दमक ९ स्थित सरस्वती मावी इटाभट्टामा कार्यक्रम सम्पन्न गरियो ।
जुनियर रेडक्रस सर्कलले दमक रेडक्रससग प्राबिधिक तथा बिज्ञको टोली बोलाएर यसखाले कार्यक्रम गर्यो भने लागुपदार्थ दुर्वेसनी विरुद्धको सचेतना कार्यक्रम चाहिँ इलाका प्रहरी कार्यालयसग समन्वय गरेर सम्पन्न भएको हो ।
यस खाले सचेतना कार्यक्रमले भविष्यमा आउने चुनौतीहरुको सामना गर्न सजिलो हुने र धेरै जिवनोपयोगी सिपहरुको पनि विकास गराउने बिद्यार्थी दिपा खतिवडाको प्रतिक्रिया छ ।

परोपकारी संस्था रहेको रेडक्रस संस्थामा पर्ने विभिन्न कार्यक्रम र विद्यालयको किताबमा विद्यार्थीले पढ्नु पर्ने विषय उस्तै उस्तै रहेको हुनाले यस खाले कार्यक्रम आयोजना हुँदा भविष्यमा प्रयोग हुने विभिन्न कूराहरु सिक्ने बताउनहुन्छ सरस्वती माध्यमिक विद्यालयका शिक्षक साथै रेडक्रस नायक सदस्य देवी भक्त निरौला ।
त्यस्तै,रक्तदान सचेतना कार्यक्रमका प्रशिक्षक एवम् जीवनचक्र समाज नेपालका संस्थाका संस्थापक अध्यक्ष गणेशप्रसाद गौतम भने सबैभन्दा पहिला मानिसले आफूलाई चिन्नु पर्ने र आफै परिवर्तन हुनुपर्ने सोच सबै मानिसमा हुनुपर्छ भन्दै आजको कार्यक्रममा पनि विद्यार्थीहरुलाई त्यही कूरा सिकाएको बताउनुहुन्छ ।

विद्यालयले विभिन्न संघसंस्थाहरुको समन्वयनमा विभिन्न खाले सचेतना कार्यक्रमको आयोजना गर्ने गरेको र सोही अनुरुप यो कार्यक्रम पनि रहेको बताउँदै यस खाले कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा समेत मद्धत्त पुर्याउने अपेक्षा राख्नुभएको छ विद्यालयका प्रधानाध्यापक सिताराम ढकालले ।

उक्त कार्यक्रममा जुनियर रेडक्रस सर्कल सरस्वती माध्यमिक विद्यालयका शिक्षक नायक सदस्य देवी भक्त निरौला, सुमित कुमार साह, फणेन्द्र भटराई , तुलसा रिमाल तथा विद्यालय नर्स सिता अधिकारीको सक्रिय भुमिकामा कार्यक्रम सम्पन्न भएको हो । यस खाले कार्यक्रमको माध्यमबाट विद्यार्थीले जीवनमा उपयोगी ज्ञान, सिप आर्जन गर्ने तथा विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेमा पनि थाहा हुने विद्यालयले अपेक्षा गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,