विद्यार्थीलाई नैतिकता सिकाउँदै दमककाे सरस्वती मावि

दमक, ५ मंसिर । दमक ९मा रहेको सरस्वती माध्यमिक विद्यालय इटभट्टामा विद्यार्थीको जीवनमा उपयोगी हुने विविध कार्यक्रम एकैदिन सम्पन्न भएको छ । विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको पहलमा आयोजना भएको उक्त कार्यक्रममा रेडक्रस सोसाईटी विविध कार्यक्रम गरेको थियो । कार्यक्रम केके भए? र त्यसबाट के उपलब्धि भयो?

रक्तदान किन गर्ने? रक्तदान गर्दा शारीरिकरुपमा के फाईदा हुन्छ? अनि लागुपदार्थ प्रयोगले शरिरमा पार्ने असर तथा सडक दुर्घटना न्यूनीकरणमा विद्यार्थीको भुमिका के हुन्छ? भन्ने बारेमा दमक ९ स्थित सरस्वती मावी इटाभट्टामा कार्यक्रम सम्पन्न गरियो ।
जुनियर रेडक्रस सर्कलले दमक रेडक्रससग प्राबिधिक तथा बिज्ञको टोली बोलाएर यसखाले कार्यक्रम गर्यो भने लागुपदार्थ दुर्वेसनी विरुद्धको सचेतना कार्यक्रम चाहिँ इलाका प्रहरी कार्यालयसग समन्वय गरेर सम्पन्न भएको हो ।
यस खाले सचेतना कार्यक्रमले भविष्यमा आउने चुनौतीहरुको सामना गर्न सजिलो हुने र धेरै जिवनोपयोगी सिपहरुको पनि विकास गराउने बिद्यार्थी दिपा खतिवडाको प्रतिक्रिया छ ।

परोपकारी संस्था रहेको रेडक्रस संस्थामा पर्ने विभिन्न कार्यक्रम र विद्यालयको किताबमा विद्यार्थीले पढ्नु पर्ने विषय उस्तै उस्तै रहेको हुनाले यस खाले कार्यक्रम आयोजना हुँदा भविष्यमा प्रयोग हुने विभिन्न कूराहरु सिक्ने बताउनहुन्छ सरस्वती माध्यमिक विद्यालयका शिक्षक साथै रेडक्रस नायक सदस्य देवी भक्त निरौला ।
त्यस्तै,रक्तदान सचेतना कार्यक्रमका प्रशिक्षक एवम् जीवनचक्र समाज नेपालका संस्थाका संस्थापक अध्यक्ष गणेशप्रसाद गौतम भने सबैभन्दा पहिला मानिसले आफूलाई चिन्नु पर्ने र आफै परिवर्तन हुनुपर्ने सोच सबै मानिसमा हुनुपर्छ भन्दै आजको कार्यक्रममा पनि विद्यार्थीहरुलाई त्यही कूरा सिकाएको बताउनुहुन्छ ।

विद्यालयले विभिन्न संघसंस्थाहरुको समन्वयनमा विभिन्न खाले सचेतना कार्यक्रमको आयोजना गर्ने गरेको र सोही अनुरुप यो कार्यक्रम पनि रहेको बताउँदै यस खाले कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा समेत मद्धत्त पुर्याउने अपेक्षा राख्नुभएको छ विद्यालयका प्रधानाध्यापक सिताराम ढकालले ।

उक्त कार्यक्रममा जुनियर रेडक्रस सर्कल सरस्वती माध्यमिक विद्यालयका शिक्षक नायक सदस्य देवी भक्त निरौला, सुमित कुमार साह, फणेन्द्र भटराई , तुलसा रिमाल तथा विद्यालय नर्स सिता अधिकारीको सक्रिय भुमिकामा कार्यक्रम सम्पन्न भएको हो । यस खाले कार्यक्रमको माध्यमबाट विद्यार्थीले जीवनमा उपयोगी ज्ञान, सिप आर्जन गर्ने तथा विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेमा पनि थाहा हुने विद्यालयले अपेक्षा गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक