युवाको सक्रियतामा रतुवा नदिमा बन्दै छ मुक्तिघाट

झापा, ६ मंसिर । वर्षौँ देखी कागजी योजना र सरकारी आश्वसनमात्र सिमित रहेको थियो कलम ६ खयरबारीको रतुवा किनारमा मुक्तिघाट निर्माणको काम । तर, अब भने त्यो काम भाषणमा मात्र सिमित रहेन , त्यस कामलाई वास्तविक्तामा परिवर्तन गर्दैछ कमल ६, खयरबारीमा रहेको खयरबारी युवा क्लबको समूहले । देउसीभैलो खेलेर उठेको पैसाबाट पिकनिक र भ्रमणमा गई रमाईलो गर्ने प्रवृतीको बिचमा खयरबारी युवा क्लबले भने रमाईलो भन्दा समाज विकासको बाममा जोड दिदैँ संकलन भएको पैसाबाट घाट निर्माणको कार्यमा लगाएर साँच्चै नै उदाहरणीय काम गरको छ ।

हरेक शुक्रबार र शनिबार बिहानैबाट युवा क्लबका सदस्यका साथै समुदायमा रहेका स्थानीयहरु खोला गई घाट निर्माणको काममा जुट्छन् । युवा क्लबको नेतृत्वमा सुरु भएको घाट निर्माणको काममा स्थानीयको साथ र सहयोगले झनै रौनक्ता छाएको छ । काम गरिरहेका हरेक स्थानीयको अनुहारमा काम गर्दाको थकान भन्दा पनि वर्षौँ देखी रोेकिएको काम पूरा हुने भयो भनेर उत्साह झल्कीएको देख्न सकिन्छ ।
विगतका दिनहरुमा अन्त्यटी गर्न आउँदा पानी पर्दा होस् वा घाम लाग्दा एउटा ओत लाग्ने ठाउँ समेत नहुँदा निकै समस्या हुने गर्थ्यो तर, अब भने त्यो समस्याको अन्त्य हुने भयो भन्दै खुसी व्यक्त गर्नुहुन्छ श्रमदान गर्न आउनुभएकी स्थानीय धनमाया खड्का ।

२०७७ सालबाट निरन्तर सामाजीक कार्यमा जुटिरहेको खयरबारी युबा क्लबले वर्षौँ देखी रोकएको घाट निर्माणको काममा आफूहरुले झक्झकाउनु पर्छ भन्ने लागेरै यो कामको सुरुवात गरेको बताउनुहुन्छ खयरकारी युवा क्लबका अध्यक्ष राम साही ठकूरी ।

खयरबारीमा मुक्तीघाट निर्माणका लागी कमल गाउँपालिकाबाट बजेट विनियोजन गरेको भएपनि विविध कारणले गर्दा काम रोकिएको थियो । तर, पनि युबा क्लबले गरेको यो पहल निकै नै उदहारणीय रहेको भन्दै यसमा वडाको तर्फबाट पनि भरपूर सहयोग रहने र आफूले पाउपालिकामा समेत यसको सम्पन्नतामा पहल गर्ने बताउनुहुन्छ घाट निर्माणको काम निरीक्षणमा आउनुभएका कमल गाउँपालिका वडा नं ६का वडाध्यक्ष नरेन्द्र भट्राई ।

मुक्ती घाट केवल अब एम संरचना मात्रै हैन , यो युवाको सोच ,सामुदायिक शक्ति र सकारात्मक परिवर्तनको बास्तविक उदाहरण बनिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिपत्त व्यवस्थापन समितीले प्रधानमन्त्रीलाई के बृफिङ गर्दैछन?

काठमाडौ , १० भदौ। रसुवामा बुधबार बिहान गएको बाढीका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबार स्थित

बिर्तामोडमा न्वारानको भोज खाँदा दर्जनभन्दा बढी बिरामी

बिर्तामोड,१० भदौ । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएका ठूलो संख्याका स्थानीय बिरामी परेका छन्। स्थानीय रामकुमार श्रेष्ठको नातिनीको न्वारान भोजमा सहभागी भएका पाहुनाहरूमा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार