भव्य देखियो दमकको इन्द्रेणी ताल, दमकमै डुङ्गा सरररर

सामुन्द्रीक आनन्द पाएर रमाउन पाएको पर्यटकको प्रतिकृया

दमक,१० मंसिर । दमकमा एक छिन गएर घुम्ने ठाउँको अभाव छ । आफन्त , साथीभई केहि बेर रमालो गरौ र आनन्द लिउँ न भन्दा जाने कि त दमक फन पार्क कित कहाँ ? भन्ने प्रश्न जीवीतै छ । तर यही जीवत प्रश्नको जवाफ दिन जन्मेको छ दमक १०को इन्द्रेणी ताल । जहाँ अव आन्तरीक पर्यटनकालागी नगरकै प्रमुख गन्तव्य बन्ने भएको छ । खासमा यहाँ केके छ त ?

कुनै फराकीलो ताल वा समुन्द्रमा चढेको डुङ्गा जस्तै । जेटजस्तै बोटीङ । पानीको चलायमान । डुङ्गाको गति । अनी वरिपरीका प्राकृतीतक दृष्य । हरियाली वातावरण । लकीङ टाली लगाएर पोखरीको डील भरी फूलबारी र नर्सरी समेत । दमक १० मा रहेको इन्द्रेणी तालमा पुग्दा प्राप्त गरिने यो प्राकृतीक आनन्द हो । यहाँ बनावटी भन्दा पनि बढि प्राकृतिक कुरा बढि पाइन्छन् । यहाँ कहिलै नसुक्ने पानी यसको प्रमुख विषेशता हो । जसले गर्दा यो पोखरी सफा मात्रै गरे पुग्छ । यसलाई अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालीएको छ । वर्षौ देखिको प्रयास अहिले आएर पुरा भएको हो । यसमा यस क्षेत्रका यूवाहरुको सकृयता र लगनशीलताले पछिल्लो पटक परिणाम दिन सकेको हो ।

झापाका अन्य यसखालका सिमसारमा इलेक्ट्रोनीक बोटीङ कमै मात्रामा छ । दमकमा पहिलो पटक यसखालको बोटीङ आएको र खेल्न पाएकोमा खुसी व्यक्त गर्दै दमक २ का सुवास धिताल भन्नु हुन्छ ‘ घुम्न रमाईलो छ तर अहिले अहिले यहाँको आन्तरीक व्यवस्थापन चाहि चीत्त बुझ्दो भएन ।

तालको वरीपरि अझ आकर्षक फूलवारी । बस्ने फलैँचाको पर्याप्तता छैन । एउटा मात्रै इलोक्ट्रोनीक बोट भएकोले पालो पर्खनेहरुलाई अल्छी लाग्छ । पर्खाइको समयमा के गरेर समय विताउने त्यो ठाउँ र संरचनाको अभाव रहेको बताउनु हुन्छ यही ठाउँमा घुम्न आउनु भएका इस्वर मास्के ।

यद्यपी दमकमा एउटा घुम्न जाने आकर्षक स्थल बनेको छ । अव परिवार र इष्टमीत्र एक छिन भएपनि बाहिर जाउँ न भन्नकालागी नयाँ गन्तव्य बनेको छ । इलेक्ट्रोनीकको बोटीङको आनन्द दमककै इन्द्रेणी तालमा पाइने भइयो । यही रमाइलो गर्न आफु यहाँ आएको दमक २ का ज्ञानेन्द्र सापकोटाको प्रतिकृया छ ।

सरकारी लगानीमा संरक्षण भएको यो इन्द्रेणी तालमा अहिले बोटीङ सञ्चालनका लागी स्थानीय रोहित राईलाई ठेक्का दिइएको छ । अहिले यसको सौन्दर्यकरणमा समेत उहाँले लगानी बढाइरहनु भएको छ । अव सरकारी व्यवस्थापनबाट निजी स्तरबाट सञ्चालनमा आउने इन्द्रेणी ताल अझ आकर्षक र व्यस्थित हुनेमा पर्यटकहरुले अपेक्षा राखेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,