विद्यार्थीलाई शब्दको संयोजन र शब्दलाई शक्तिमा प्रयोग गर्न दमकको ग्लोबलले गरायो कार्यशाला

प्रसिद्ध कवि नवराज पराजुलीद्धारा प्रशिक्षण

दमक, ११ मंसिर । दमकमा रहेको ग्लोबल एजुकेशनल एकेडेमीले सधैँ जसो नै आफ्ना विद्यार्थीहरुलाई सिर्जनात्मक, सक्षम र आत्मविश्वासी बनाउन विभिन्न सिकाईमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साहित्यमा रुची भएका विद्यार्थीहरुलाई लक्षित गर्दै उनीहरुको लेखन क्षमतालाई अझै अभिवृद्धी गरेर लैजाने उद्धेश्यले नेपालकै प्रसिद्ध कवि नवराज पराजुलीबाट विद्यार्थीहरुलाई प्रशिक्षण गर्ने गरी शब्दानन्द कार्यक्रम मार्फत दुई दिने कार्यशाला सम्पन्न गरेको छ । यसबाट विद्यार्थीले के सिके ?

शब्दको सृजना । शब्दको संयोजन । अनी त्यही शब्दबाट निस्कने भाव । त्यसले पार्ने प्रभाव र र दिने सन्देश । कसैले तीनै शब्द लेख्दा शक्तिशाली बन्छ । पढिरहु हुने बन्छ । कसैले लेखेको हेर्नै मन पर्दैन । किन त्यस्तो हुन्छ ? किनकी जसले शब्द र त्यसको संयोजन मिलाउन सक्छ उसको मात्रै शक्तिशाली सृजना बन्छ । र यस्तै सृजनशील र शक्तिशाली जनशक्ति उत्पादन गर्न दमकमा रहेको ग्लोवल एजुकेशलन एकेडेमीले कार्यक्रम गर्यो । शब्दानन्द नाम दिइएको यो कार्यक्रममा विद्यार्थीहरुलाई दुई दिन सम्म मान्छेका कुरा सुनेजसरी शब्दका कुरा सिकाइयो । यती मात्रै नभएर शब्दलाई औजार बनाएर कसरी बोल्ने भन्ने कला पनि सिकाइयो ।

वर्कशपमा सहभागी यही विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा आयुसा भण्डारी कविता लेख्न रुची राख्नुहुन्छ । देशकै चर्चीत कवि नवराज पराजुलीका कविता सुनेर र पढेर कविता लेख्न आकर्षीत भण्डारी भन्नु हुन्छ एउटा कविको लागी कविता नै जीवन रहेछ । आफूले शब्दलाई कसरी जिवन्त बनाउने भन्ने बारेमा यो कार्यशाला मार्फत सिक्न पाए ।

त्यस्तै, यो कार्यशालामा सहभागी अर्का विद्यार्थी जिसेस गौतम पनि आफ्नो लागी कविता भाव रहेको बताउदै कवि पराजुलीले कविता लेख्दा शब्दको प्रयोग कसरी गर्ने भन्ने कूरा सिकाउनुभएको र त्यसले कविता लेखनलाई सहज पार्ने उहाँको अनुभव छ ।

कविता कसरी लेख्ने भन्दा पनि कवितामा शब्द कसरी प्रयोग गर्ने र कवितामा प्रयोग हुने शब्दलाई कसरी मानिसलाई जसरी प्रेम गर्ने भन्ने कुरा प्रशिक्षकको रुपमा आउनु भएका कवि नवराज पराजुलीको प्रतिकृया छ ।

लेखन, सिर्जनशिल्ता अभिवृद्धी गर्दै कविताको साथसाथै लेखन विधाहरुमा विद्यार्थीले आफुलाई उभ्याउन सकुन र अझ शाब्दीक र भाषीक रुपमा पनि सृजनशील बन्न सकुन भनेर विद्यालयले यसखालको कार्यशाला आयोजना गरेको ग्लोवल एजुकेशनल एकेडेमीका प्रन्सिपल गुणराज अधिकारीले जानकारी दिनुभयो ।

कुनै शब्द सुन्दै पनि कति आनन्द आँउछ । अनी उर्जा प्राप्त हुन्छ । तर कुनै शब्द कसैलाई सुन्दैपनि झर्को लाग्न सक्छ उ थप निराश बन्न सक्छ । त्यसैले शब्लाई शक्तिका रुपमा प्रयोग गरी आफ्नो सुन्दर भविष्य विद्यार्थीले बनाउन सकुन भनेरनै ग्लोवल एजुकेशनल एकेडेमीले आफ्नो विद्यालयका विद्यार्थीका साथमा अन्य विद्यालयका विद्यार्थीलाई पनि सहभागी गराएको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक