झापामा देखियो : जोगाउन देशको अस्तित्व ,केपी ओलीको नेतृत्व

दमक, १३ मंसिर । नेकपा एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन गरिदैछ । यसै क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापामा पनि चुनाव मार्फत प्रतिनिधि छानीरहिएको छ। प्रतिनिधिका उम्मेदवार र पार्टिका सदस्य जो मतदाता बनेर प्रतिनिधि छनौट हुदैछन उनीहरु के भन्छन?

झापा नेकपामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । पार्टिको सर्कुलर सकेसम्म सर्बसम्मत नेतृत्व चयन गर्न भन्ने थियो । विभिन्न जिल्लामा सर्बसम्मत प्रतिनिधि छनौट भएपनि झापामा भने यसो हुन सकेन । जसले गर्दा शनिबार महाधिवेशन प्रतिनिधि छान्न पार्टिका सदस्यहरु बिहानैदेखी पार्टिले बनाएको निर्वाचन आयोगले तोकेको मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका थिए । उनिहरु झापाबाट छानिएर गएका प्रतिनिधिबार देश जोगाउन सक्ने , अन्तरास्ट्रिय जगतमा नेपाललाइ नेतृत्वमा उभ्याउन सक्ने गरि पार्टिको नेतृत्व चुन्न सक्ने प्रतिनिधि छान्ने भन्दै प्रतिक्रिया दिएका थिए ।

जम्मा ३८ जना महाधिवेशन प्रतिनिधिका लागि झन्डै चार गुणा अर्थात १४८ जनाले उम्मेद्वारी दिएका छन । यसरी योग्यता पुगेकाहरुबट महाधिवेशनमा जाने इच्छा जाहेर गरेपछि यो पटक जिल्लाका नेतृत्वहरुले कसैलाई पनि सम्झाउने र बुझाउने प्रयास प्रभावकारी गरेनन । सबैलाई निर्वाचन मार्फत चुनिन उर्दी जारी गरियो । यहाबाट प्रतिनिधि छनौट भएर गएपछि अहिलेको परिस्थितिलाई सहि ट्र्याकमा ल्याउन केपी ओली बाहेक अन्यको नेतृत्व स्विकार नहुने आसय व्यक्त गरेका छन ।

झापामा खुल्लातर्फ ८३ , महिलातर्फ ३० , युवातर्फ २८ र दलिततर्फ ७ जना उम्मेद्वार बनेका हुन् । निर्वाचन क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा ६ जनाको लागि १३ , क्षेत्र नं २ मा ९ जनाका लागि ४८ , क्षेत्र नं ३ मा ६ जनाको लागि २५ , क्षेत्र नं ४ मा ७ जनाको लागि १६ , क्षेत्र नं ५ मा ८ जनाको लागि ३९ र दलित क्लस्टरमा २ जना महाधिवेशन प्रतिनिधिका लागि ७ जनाको उम्मेद्वारी परेको हो । यो मद्येपनी झापा क्षेत्र नंबर ५ केपी ओलीको निर्वाचन क्षेत्र समेत भएकोले यसलाई अझ सबै नेतृत्वले चाखपुर्ण हेरेका छन । यहाको निर्वाचनलाई सबै प्रक्रिया पुर्याई शान्तपुर्ण ढंगबाट निर्वाचन गराईरहिएको क्षेत्र नम्बर ५ का निर्वाचन संयोजक नारायण भट्टराईले जानकारी दिनुभयो ।

एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् । झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण