लाइफलाईन स्वास्थ बिज्ञान प्रतिस्ठान

नयाँ विद्यार्थीको अपेक्षा र पास आउट विद्यार्थीको अनुभव कस्तो?

दमक १७ मंसिर । दमक ५मा रहेको लाईफलाईन स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार आफ्ना कलेजमा अध्ययनरत नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुलाई विदाई गर्न एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।
स्टुडेन्ट्स वेलफेयर कमिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम दमक १ स्थित मातृभुमी अथिती गृहमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरुद्धारा विभिन्न सांस्कृतीक नृत्य र मनोरन्जनात्मक प्रस्तुती गरिएको थियो भने र वरिष्ठ प्रशिक्षक र प्रतिनिधीहरुद्धारा स्वागत मन्तव्य पनि प्रस्तुत गरिएको थियो ।
लाईफलाईन स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वी नेपालको विश्वसनीय र गुणस्तरीय स्वास्थ्य शिक्षण संस्थामध्ये एक हो । सिटिभिटीबाट मान्यता प्राप्त यस कलेजले निरन्तर स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिहरु उत्पादन गरिरहेको छ । विद्यार्थी मैत्री वातावरण, सुरक्षित कलेज र व्यावारिक केन्द्रित सिकाई हुने यस कलेजमा हाल स्टाफ नर्स , रेडियोग्राफी,अपथाल्मिक साईन्स, जेनरल मेडिसिन एचए फार्मेसी,ल्याब टेक्निसयन लगायतका कार्यक्रमहरु सञ्चालन भईरहेको छ ।
३ वर्षे मेडिकल कोर्ष जेनेरल मेडिसिन अध्ययन सकेर बिदा हुदैँ गर्नुभएकी विद्यार्थी सोएक्षा लिम्बु लाईफलाईनले आफूलाई धेरै कुरा सिकेको अनुभब सुनाउनुहुन्छ । साथै कसैलाई मेडिकल फिल्डमा आफ्नो भविष्य बनाउनु छ भने लाईफलाईन नै रोज्न सल्लाह पनि उहाँको छ ।

त्यस्तै, ओपथाल्मीक साईन्स अध्ययन गर्न नयाँ भर्ना भएर आउनुभएका विद्यार्थी राज मैनाली लाईफलाईन कलेज नभई एउटा परिवार जस्तै लागेको बताउँदै यहाँको पढाउने शैली र वातावरणले गर्दा नै लाईफलाईनलाई आफूले रोजेको बताउनुहुन्छ ।

लाईफलाईन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन पूरा गरिसकेपछि आफूले यस क्षेत्रमा आफ्नो भविष्य सुनिश्चीत गर्न सक्ने विश्वास राख्नुहुन्छ जिएनएम पहिलो वर्षमा अध्ययनरत सुकराज राई ।

कलेजकी फार्मेसी तथा ओपथाल्मीक साईन्सकी संयोजक गिता सिग्देल यति धेरै कलेजहरुको बिचमा लाईफलाईनलाई रोजेर यहाँ अध्ययन गर्न आउने सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिदैँ अध्ययन गर्न आउने विद्यार्थीलाई आफूहरुलाई रोजेकोमा पछुतो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ ।

लाईफलाईन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेर अध्ययन गर्न आउने विद्यार्थीको उज्जल भविष्य बनाउने प्रतिवद्धता प्रतिष्ठानले लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु