दमकका जनप्रतिनिधीको पाँच वर्ष

पालिकाको पाँच वर्ष : सडक बिस्तारमा दमकको दक्षदा, सार्वजनिक शौचालय र मुक्तिघाट भने बन्नै सकेन

दमक/
झापाको दमक नगरपालिका पछिल्लो सयम विकास निर्माणले निकै गती लिएको पालिका हो । यहाँ सडक र अन्य पूर्वाधारमा निकै विकास भएको छन् । शहरीकरण बढ्दो छ । नयाँ लगानीकर्ताहरु आकर्षित हुन थालेका छन् र जनघनत्वपनि बृद्धि भइरहेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय छैन । दमकमा कसैको मृत्यू भएमा सुरक्षीत र व्यवस्थित घाट नभएका कारण शव अन्यत्रै लैजान परिरहेको छ । चुनावी एजेण्डा सार्वजनिक गर्दै गर्दा दलहरुले यी मुद्धा समावेश गराएका थीए ।

बनेन सार्वजनिक सौचालय

यो दमकको मुख्य बसपार्क हो । अहिले पूर्व , पश्चिम, उत्तर दक्षीण सबैतीर जाने बसहरु यहाँ प्रवेश गरेर मात्रै आफ्नो गन्तव्यमा जान पाइन्छ । त्यसैले यहाँ भिडभाड बढि हुन्छ । देशका विभिन्न स्थानबाट आउनेहरु यहाँ जम्मा हुन्छन । तर यहि ठाउँमा एउटा सुरक्षीत र व्यवस्थित शौचालय छैन । दमक नगरपालिकाले बनाएको एउटा शौचालय त छ तर नाम मात्रैको । शौचालयमा पस्दा दुङ्गदुगी गन्हाउछ । फ्रेस हुन भनेर यहाँ गएकाहरु फेण्ट हुन सक्ने डर छ । संरचना छ तर उचीत व्यवस्थपन भएको छैन । यसले गर्दा यहाँ शौच गर्नहरुले पैसा तिर्दापनि सहज सेवा पाएका छैनन् ।

दमकको यत्तीको व्यस्त ठाउँमा शौचालय बनाउनका लागि पर्याप्त स्थान छ । यो नै काफि हो । काम गर्नेकालागि । यत्तीको ठाउँमा अन्तरािष्ट्रय स्तरको शौचालय बनाउन सक्नु पर्ने हो तर त्यो भएको छैन । दमकका स्थानीयबासी जय बिमलीले यहि शौचालयलाई पनि थोरै परिवर्तन गरेर केहि नयाँ तरिका अपनाउने हो भने सुरक्षीत व्यवस्थीत मात्रै होईन नमुना सार्वजनिक शौचालय बनाउन सकिने बताउनु हुन्छ ।

तर यता दमक नगरपालिकाले भने जग्गा अभावका कारण व्ववस्थित सार्वजनिक शौचालय बनाउन नसकेको जनाएको छ । नगर प्रमुख रोमनाथ ओलीले चुनावी एजेण्डा बनाइपनि अव त्यो हटाउनु पर्ने बताउनु भयो । सार्वजनिक शौचालय व्यवस्थित गर्न नसकेको भन्दै आफ्नो चुनावी एजेण्डाको बुदाबाटै त्यो हटाउने र त्यसमा नगरपालिकाले काम गर्न नसक्ने प्रतिकृया दिनु भएको छ ।

उहाँले आफुहरुले मात्र हैन यसपछि आउने जनप्रतिनिधीले पनि दमकका व्यवस्थित सार्वजनिक शौचालय बनाउन चुनौती नै बन्ने बताउनु भयो । किनकी राजगर्माको छेउमा कसैले जग्गा दान गर्न चाहदैन । सरकारले खरिद गर्न सक्दैन । त्यसैलेपनि दमकमा सार्वजनिक शौचालय बन्न चुनौती रहेको उहाँले बताउनु भयो । यद्यपी दमकका विभिन्न सुपरमार्केट र नव निर्मित बसपार्क भित्रैको शौचालयलाई पनि सर्वसाधरणले प्रयोग गर्न सक्ने र तीनीहरुमा व्यवस्थापनमा नगरले ध्यान दिन सक्ने उहाँले बताउनु भयो ।

दमक चोक मात्रै होईन । यहाँ बजार क्षेत्रमा पनि भीडभाड बढि हुन्छ । जसले गर्दा बजार जाने जो कोहिलाई शौच गर्नुपर्यो भने कसैको होटल वा घरमा शौचालय कता पर्छ भन्दै छिर्नपर्ने स्थिती छ । यस्तो परिस्थितीमा घुम्ती सार्वजनिक शौचालय बनाएर दमक बजार र चोकमा मात्रै राखीदिने हो र यसको उचित व्यवस्थापन गर्ने हो भने मात्रै पनि अहिले देखिएको सार्वजनिक शौचालयको आंसिक समस्या हाल हुने थियो की ?

मुक्तिघाट बनाउने योजना योजनामै सिमित

भौगोलीक रुपमा दमक तीन भागमा बर्गिकरण गरि ब्याख्या गरिन्छ । एक उत्तरी क्षेत्र । दुई मध्य क्षेत्र । तीन दक्षिणी क्षेत्र । यी तीन क्षेत्रमानै कुनै पनि शव जलाउने घाट छैन । तर बनाउन सक्ने क्षेत्र र सम्भावना भने प्रचुर छन् । दमकको शिर देखी पाउ सम्म दुई वटा ठुला नदि बग्छन् । दुई नदिको किनारको शहरमा पनि शव दोहन गर्ने सुरक्षीत र व्यवस्थीत घाट निर्माण हुन नसक्नु यहाँका जनप्रतिनिधीको कमजोर पक्ष हो । चुनावका बेला उत्तर र दक्षिण क्षेत्रमा छुट्टा छुट्टै घाट निर्माण गर्ने भनेर नारा घन्किए ।

जनतामा एक प्रकारको आशा जागृत पनि भएको थियो । त्यहि विभिन्न आशा मध्ये दमकको दुई क्षेत्रमा घाट बन्ने भयो भनेर जनप्रतिनिधीलाई मदतान गरेर जीताए । जीतेर गएको पनि अव करिव आफ्नो कार्यकाल सकिन लाग्यो । तर अहिले सम्म न उत्तर न दक्षिण कहिपनि व्यवस्थित घाट बन्न सकेको छैन । उत्तरी क्षेत्र रतुवा नदिको किनार हंसे दुम्से सामुदायीक वनको छेउमा घाट बनाउनका लागि डिपिआर बन्ने चरणमा रहेको छ । तर त्यसले पूणर्ता पाएको छैन । तर स्थान निर्धारण भएपछि दमकका उत्तरी क्षेत्रका नागरिकले त्यहाँ शव दोहन गर्न थालेका छन् ।

सुरुमा रतुवाको किनारमा शव लगेर बिसाउँदा मलामीहरुले थकाई मार्ने चौतारो समेत थिएन । तर दमक नगरपालिका वडा नं ३ ले एउटा मलामी बस्ने टहरा बनाउन बजेट दिएपछि त्यहाँ संरचना बन्न सुरु भयो । अहिले यहाँ २ वटा संरचना छन् । एउटा पानीको मोटर पनि गाडीएको छ । यहाँ पर्याप्त सुविधा नभएका कारण यस क्षेत्रका नागरिकले शव बोकेर महगो खर्च गर्दै कन्काई माईको घाट लानुपर्ने बाध्यता रहेको स्थनीयबासीको भनाई छ । यहाँ शव दोहन गर्ने स्थानलाई सुरक्षीत र व्यवस्थित गर्न स्थानीयबासी नन्दी दंगालले माग गर्नु भएको छ ।

उत्तरी क्षेत्रमा त केहि टहरा र संरचना बनेको जस्तो देख्न सकिन्छ । तर दक्षिणी क्षेत्रमा भने यो पनि छैन । मलामीलाई खाजा खुवाउने र बसाउने एउटा चौतारो समेत छैन । घाम र पानी नभनी मलामीहरु घाटमा बस्नु पर्ने परिस्थती छ । घाम लाग्दा त घाम सहन सक्ने वा त्यहाँ रहेका रुखका छहारीको शितलमा बस्न सक्नेहरु शव जलुनजेल बस्छन् । पानी पर्दा भने के हुन्छ ।

मलामीको त कुरै छाडौ पानी पर्दा त्यो शव कसरी जलाउने ? भिजेर कस्तो होला ? यो परिस्थिती यहाँका जनप्रपतिनिधीलाई थाह नभएको भने हैन । तर थाह भएपनि घाट बनाउनु पर्छ भनेर काम मात्रै नगरेका हुन भन्दै स्थानीयबासी आक्रोसित भएका छन् । दमक १० का स्थानीयबासी उमनाथ न्यौपानेले यहाँ पटक पटक घाट बनउनु पर्छ भनेर माग गर्दै नगरपालिका भएपनि सुनुवाई नभएको बताउनु भयो ।

दमक नगरपालिकाका अहिलेका जनप्रतिनिधीले दमकमा दुई ठाउँमा घाट बनाउने भनेर घोषणा गरेका थीए । तर निर्माण हुन सकेन । यो कुरा नगर प्रमुख रोमनाथ ओलीपनि स्विकार गर्न हुन्छ । दमकको उत्तरी क्षेत्रमा घाट निर्माण गर्नकालागि प्रकृया अघि बढेको उहाँले बताउनु भयो । त्यसकालागि डिपिआरको अन्तिम चरणमा पुगेको र त्यस अनुसारको बजेट व्यवस्थापन गरेर योजना सुरु गर्ने उहाँले बताउनु भयो । तर यहि कार्यकालमा यो कामको बाँकी प्रकृया चाहि अघि बढ्न नसक्ने उहाँको भनाई छ । दक्षिण क्षेत्रमा भने चुनावका बेलामा बोलेपनि आहिले त्यो प्रतिवद्धता पुरा गर्न नसकेको उहाँले स्विकार गर्नु भएको छ ।

विषेश गरि दमकका ठुला र पैसा भएकाहरुले कन्काई माईमा लगेर आफन्तको दाह सस्कार गर्दै आएका छन् । यसले न्यून आएका भएकाहरुलाई पनि कन्काई घाटनै लौजान बाध्य बनाएको छ । कतिपयको त १३ दिन सम्म काम गर्दा लाग्ने खर्च एक दिन घाट लैजादैमा सकिने गर्छ । त्यसैैैपनि त्यस्ता समुदाय र बर्गको अवस्था बुझेर दमक नगरपालिकाले सके सम्म तीन क्षेत्रमै नभएपनि दुई क्षेत्रमा सुरक्षीत र व्यवस्थित घाट बनाउन आवश्यक छ ।

सडक निर्माणमा नयाँ छलाङ्ग

दमक नगरपालिका विकासका देष्टिकोणले हेर्दा निकै अवल्ल देखिएको छ । मुख्यगरी जनप्रतिनिधी आएपछि यहाँ सडक बिस्तारका कामहरु भने निकै मज्जालै भएका छन् । खासगरि जनताको उत्साह र सकरात्मक साथका कारण पनि यहाँ बाटो निर्माणले गती लिएको हो ।

दमक नगरपालिकाको बजार क्षेत्रमा फराकिला सडक , सडकको किनारमा फूलका गमला र छुट्टै फूटपाथले दमकमा सडकको क्षेत्रमा चाहि चरम विकास भएको रहेछ भन्ने देखाउँछ । शहरमा मात्रै होईन । गाउँका हरेक कुनकुनमा पनि सडक निर्माण भएका छन् ।

सडकको पहुँच नै नपुगेका ठाउँमा पनि नयाँ ट्रयाक समेत खुलेका छन् । गाउँ गाउँमा ग्राविल सडक मात्रै होईन कालोपत्रे सम्म पनि पुगेको छ । बजार क्षेत्रमा लकिङ टायलले सडक टलक्क भएका छन् । दमकको वडा नं ६ स्थित यो फूलबारी टोल कुनै बेला हिलोले गज गज हुन्थ्यो ।

बर्खाका बेलामा एक घरबाट अर्को घरमा जान समेत सकस थियो । तर अहिले यो ठाउँको सडक टलक्क टल्केको छ । सबैतीर लकिङ टायल लगाइको छ । सडकको किनारमा गमलामा फूल रोपेर फू्रलाइएको छ । यसले यो ठाउँको सौन्दर्यता नै बढाएको छ । जनप्रतिनिधी आएपछि सडकमा भएको परिवर्तन देखेर स्थानीयबासीपनि दंग छन् ।

सडक सञ्जालले सबै वडालाई छोएको छ । शहरी वडामा अव केहि ठाउँ बाहेक जतातै कालोपत्रे र लकिङ टायल बिच्छाइएका छन् । केहि ठाउँमा उच्च स्तरिय ग्रोवेलीङ गरेर नगरबासीको आवतवाजतलाई सहज बनाएएको छ ।

सडकको क्षेत्रमा दमक नगरपालिकाले निकै नै प्रगती गरेको छ । यो काम स्थानीय नागरिक आफैले पनि महसुस गरेका छन् । अर्को स्थानीयबासी हेमन्त थापा टोल विकास मार्फत सडक योजनाको माग गरेर नगरपालिकामा जाँदा सहजै स्विकार गर्ने गरेको बताउनु हुन्छ । यसले गर्दापनि नागरिक र नगरपालिकाको सम्बन्ध प्रगाढ भएको छ । नागरिकको सडकको आवश्यकतालाई परिपुर्ती गर्ने वातावरण बनेको भन्दै उहाँ दंग हुनुहुन्छ ।

दमकमा सडकको सन्दर्भमा सबै भन्दा धेरै यो पटक ग्रावेल सडक बनेका छन् । २०७४ देखी २०७८ सम्मको अवधिमा १ सय ११ दशमलव २४ किलोमिटर सडक ग्रावेल भएका छन् । यस्तै २९ दशमलव ०४ किलोमिटर सडक कालोपत्रे भएका छन् भने १७ दशमलव ३३ किलोमिटर सडकमा लकिङ टायलमात्रै बिच्छाइएको छ । यी सबै काम स्थानीय सरकार आएपछि नै भएको हो ।

तर सबै परिणाम स्थानीय सरकारको मात्रै श्रोतबाट भने हैन । दमकका जनप्रतिनिधीको पहलमा केन्द्र र प्रदेश सरकारबाट योजना ल्याउन सकेका कारण सडक निर्माणमा यस्तो परिणाम आएको नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।

२०७४ देखी २०७८ को पुष मसान्त सम्म १ सय ११ किलोमिटर सडक ग्रावेल गर्न १५ करोड ३० लाख खर्च भएको छ भने , २९ किलोमिटर सडक कालोपत्रे गर्न १२ करोड १६ लाख ६१ हजार रुपैँया खर्च भएको छ । र १७ किलोमिटर सडकमा लकिङ टायल लगाउँन ५ करोड २७ लाख ४७ हजार रुपैँया खर्च भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।