मसलहरुको कसरत गराउन ‘पावर फिटनेस पार्क’

२२ यूवाले ७० लाख लगानीमा खोलेको ‘जिम हल’ कस्तो छ ? भिडियो सहित हेरौ

यो पावर फिटनेश पार्कमा अन्य फिटनेस भन्दा केहि न केहि नयाँ अनुभव र सुविधा पाइएन भने ग्राहक नआउन सक्छन् ।

 

दमक, २१ मंसीर । काममा यती व्यस्त छन् कोहि पनि आफ्‌नालागीपनि फुर्सद निकाल्ने वाला छैनन । कोहि कलेजमा प्राध्यापन गर्नेहरु हुनुहुन्छ । कोही स्कुलका प्रिन्ससपल त कोही चाहि बैंक तथा वित्तिय क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहनु भएको छ । सबैजनाको दुई वा सो भन्दा बढि व्यवसायीयक क्षेत्रमा लगानी छ । कुनै व्यवसायले नाफा दिइरहेको छ कुनै व्यवसायले नयाँ आइडिया र अनुभव दिइरहेको त कुनैले सामाजीक प्रतिष्ठा बढाउन मद्यत पुगेको छ अनी कुनैले आफुलाई स्वस्थ रहन पनि पनि मद्यत गरीरहेको छ । हो यस्तै भावना भएका दमक र उर्लाबारीका २२ जना यूवा उद्यमीहरुले अर्को नयाँ व्यवसाय खोलेका छन् । त्यो हो ‘पावर फिटनेस पार्क’ ।

 

दमक ४ चिया दोकानमा खुलेको यो फिटनेशको शनिबार औपचारीक उद्धघाटन गरिएको छ । पछिल्लो समय काममा मात्रै फोकस गर्ने र शारिरिक रुपमा तन्दुरुस्ती राख्ने समय समेत नभएकाहरुलाई ध्यानमा राख्दै छाटो समयमा शरिरका बढि भन्दा बढि मसलहरुको कसरत गराउन ‘पावर फिटनेस पार्क’ खोलीएको सञ्चालकमध्येका एक राम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

 

यस्तै अर्का सञ्चालक सन्तोष मैनाली भन्नु हुन्छ पावर फिटनेस पार्कमा तालीमप्राप्त प्रशिक्षकहरु राखीएको छ । आधुनीक मेसीन रहेका छन् । मीत्रवत वातावरणमा सबैलाई सहज हुने ढंगले फिटनेशका सुविधा दिने गरि पावर फिटनेश पार्क खोलीएको हो ।

 

उसो त यो पावर फिटनेश पार्कमा अन्य फिटनेस भन्दा केहि न केहि नयाँ अनुभव र सुविधा पाइएन भने ग्राहक नआउन सक्छन् । यो फिटनेसमा प्रयोग गरिएका मेसिन र अन्य फरक अनुभव चाहि कस्तो हुन्छ भनी हामीले यो फिटनेश सेट अप गर्ने सप्लायसर्य फिटनेश स्पाईस इटहरीका शाखा प्रबन्धक गोविन्द पौडेललाई सोध्यौ । उहाँ भन्नु हुन्छ यहाँ प्रयोग गरिएका सबै मेसीनहरु आधुनीक छन् । अटोमेटिक छन् । अन्य फिटनेसमा तपाईले इन्ड्रोईडको सुविधा पाउनु हुने छ भने यहाँ चाहि आईफोन जस्तो स्मुथ सुविधा हुने छ । ’ त्यस अनुसारका अहिलेको समयको अवस्था र माग अनुसारका मेसीनहरुको सेट–अप गरिएको उहाँको दावि छ ।

 

दमक र उर्लाबारीका २२ जना यूवाहरुले करिव ७० लाख रुपैँया लगानी गरी खोलीएको यो फिटनेसमा सबै खाले सुविधा उपलब्ध रहेको जनाइएको छ । यसको औपचारीक उद्धघाटन जुन घरमा फिटनेस सञ्चालन गरिएको छ त्यहि घरका घरधनी मान बहादुर देउजाले रविन काटेर गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि