सहकारीमा सदस्यनै सकृय भए बदमासी रोकीने

सहकारीमा के भइरहेको छ सदस्यले निगरानी गर्नु, साधारणसभामा ताली मात्रै नबजाउनु

सधारणमासभा सहभागी भएर ताली मात्रै बजाउने र हस्ताक्षर गरेर भत्ता मात्रै चढाउने धेय भएका सदस्यहरु बढि देखिएकाले सञ्चालकहरुको स्वार्थ बढ्न थाल्यो ।

 

दमक, २१ मंसीर । सहकारीमा संकट आइरहेको छ । धेरै सहकारीहरुले अहिलेपनि बचतकर्ताको बचत रकम फिर्ता गर्न सकिरहेका छैनन । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि केहि सकारीहरु त ताला चावी लगाएर कुलेलाम पनि ठोकेका छन् ।

तर यस्तो कसरी भइरहेको छ ? धेरैले भन्ने गरेका छन् सञ्चालकहरुको गलत स्वार्थ हावी भयो । उच्च पदका कर्मचारीमा लोभीपन बढ्यो । यसले गर्दा सहकारीहरुमा संकट सुरु भयो । लगानी गरेको रकम उठाउन सकिएन । वा नउठ्ने ठाउँमा लगानी गरियो । कमिसन र अन्य स्वार्थका कारणले गर्दा यस्तो भयो ।

हो अहिले यस्तै तथ्यहरु सत्य स्थापीत भइरहेका छन् । तर यसो हुनुमा सञ्चालक र कर्मचारीको मात्रै भूमिका नहुने गौरादह नगरपालिकाका प्रमुख छत्रपती सुवेदीले बताउनु भएको छ ।

 

गौरादह ५, स्कूलचौनमा रहेको श्री जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्‌नो १९ औँ वार्षिक साधारण सभा तथा नवनिर्मित भवन समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले भन्नुभयो ‘सहकारीका हरेक सदस्यहरुले सस्थाको साधारणसभामा ससक्त सहभागीता जनाउने , त्यहाँ सार्वजनीक भएको प्रतिवेदनको हरेक विवरणमा गहिरो निगरानी राख्नु पर्ने तथा अरुबेलै पनि समय समयमा सहकारी जान पनि उहाँले आग्रह गर्नु भएको छ । यसो हुदा आफु सदस्य रहेको सहकारीले केके गरिरहेको छ ? कहाँ कहाँ लगानी भएको छ ? लगानी भएको रकम कत्तिको उठीरहेको छ जस्ता कुरा अवगत हुन्छ र सहकारीमा संकट आउँदैन ।

निश्चित समुहलाई स्वतन्त्र छोडीदिदा पछिल्लो समय सहकारीहरु संकटग्रस्त भएको भन्दै सदस्हरुको प्रत्यक्ष निगरानी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

२०६३ सालमा एउटा गुन्द्रीबाट सुरु भएको श्री जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज आफ्‌नै भवन बनाएर कार्यक्रम गर्न सक्षम भएको भन्दै प्रषंशा पाएको छ । सस्थाका अध्यक्ष योगप्रसाद आचार्य सहकारीमा जती धेरै सदस्य रहन्छन् त्यती धेरै सहकारी र सदस्यहरुको उन्नती प्रगतीहुने भएकाले सेयर धनीहरुलाई सहकारीको कामहरुमा अझ सक्रिय भएर कामगर्न अनुरोध गर्नुहुन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य