कोभिड १९ को संक्रमणबाट बचाउन कोरोना राहत कोषमा लोकगायक बद्री पंगेनीको सहयोग !

लोकगायक बद्री पंगेनीले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले गठन गरेको राहत कोषमा ५० हजार रुपैयाँ योगदान गरेका छन् ।

लकडाउनका कारण घरभित्रै बसिरहेका गायक पंगेनीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ योगदान गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकको खातामा आफ्नो तर्फबाट सो रकम जम्मा गरेको उनले जानकारी दिएका छन् । सिंगो देशले भोगिरहेको संकटको बेला देशका ख्यातिप्राप्त कलाकारले आफूले सकेको सहयोग गर्नुपर्ने उनले आग्रह समेत गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।