हिसान झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्दै

दमक,२६ मंसिर । गत वर्ष झैँ यस वर्ष पनि उच्च माध्यमिक विद्यालय संघ नेपाल हिसान झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता पुस ४ गते देखी ८ गतेसम्म पाडाजुङ्गीमा रहेको आदिवासी र भेट्रान ग्राउन्डमा हुन गईरहेको हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीले जानकारी दिनुभयो ।

हिसान स्र्पोट्स विक्मा दुबै महिला पुरुषको फुटबल र भलिबल प्रतियोगिता हुने छ भने पुरुषको क्रिकेट प्रतियोगिता हुने छ । विगतका वर्षहरुमा खेलहरु बेग्लाबेग्लै समयमा हुन्थ्यो भने यो वर्ष एकैसमयमा विभिन्न खेलहरु एकैचोटी सम्पन्न गराउने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । हिसान स्र्पोट्स विक्मा हुने खेल प्रतियोगिताहरुमा भापा जिल्लाभरी विद्यालयहरुको उपस्थिती रहने छ ।
हिसान झापाले यो स्र्पोट्स विक्लाई उत्सवको रुपमा लिएको छ र यो उत्सवमा सम्पूर्ण विद्यालयका खेलाडी र हिसानका सदस्यहरुलाई हिसान झापाले आमन्त्रण गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पैतृक सम्पत्तिमा छोरीको अविच्छिन्न अंश अधिकार र वंशीय उत्तराधिकार

  दमक, २६ फागुन । ​नेपालको न्यायशास्त्रमा पैतृक सम्पत्तिमा छोरीको अधिकार अहिले ‘छनोट’ को विषय नभई ‘बाध्यात्मक कानुनी हक’ को रूपमा स्थापित भइसकेको छ। नेपालको

गौरादहका मेयर कुट्नेका विरुद्ध बोल्यो मानव अधिकार संघठन

दमक, २५ फागुन | गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि भएको आक्रमणको घटनाप्रति नेपाल मानव अधिकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले आज एक प्रेस

गौरादहका मेयर कुट्ने सिटौलालाई १० दिनको म्याद थप, अब के हुन्छ?

दमक, २५ | फागुन । गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीलाई छापड हानेको आरोपमा पक्राउ परेका एक जनामाथि अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप पाएको

‘आवश्यकता अनुसार एमालेमा नेतृत्व परिवर्तन हुन सक्छ’ : नेता बराल

उहाँले भन्नुभयो, “नेकपा एमाले जनताको पार्टी हो। जनताकै मुद्दा र एजेण्डा बनाएर राज्य सञ्चालनको नेतृत्व पनि गर्‍यो। तर त्यसको अनुभूति नागरिकले गर्न सकेनन्। पछिल्लो समय नागरिकसँगको हाम्रो सम्पर्क पनि कमजोर बन्दै गयो।”