टेस्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न

 निसन्तान दम्पतीका लागि सेवा दिन सरकारसँग अनुमति लिनू पर्ने : स्वास्थ्य मन्त्रालयको निर्देशन

 

 

 

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निसन्तान दम्पतीका लागि सेवा प्रदान गर्दै आइरहेका आईभीएफ सेन्टरहरुलाई आफूसँग स्वीकृति लिएर मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले  सूचना जारी गर्दै अहिलेसम्म अनुमति नलिई निसन्तान उपचार सम्बन्धी सेवा दिने टेस्ट ट्युब बेबी (आईभीएफ सेन्टर)हरुलाई १५ दिन भित्र निवेदन दिन भनेको छ ।

अहिले देशमा २३ भन्दा बढी आइभीएफ सेन्टर सञ्चालनमा छन् । तीमध्ये अहिलेसम्म दुई तीन वटाले मात्रै मन्त्रालयबाट अनुमति लिएका छन् ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि सो नियमावलीको अनुसूची-९ बमोजिमका निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ। सूचनामा भनिएको छ, ‘टेस्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिनुपर्छ।’

मन्त्रालयले अन्य निकायबाट अनुमति लिई वा नलिई सञ्चालनमा रहेका त्यस्ता सेन्टरहरुले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयको मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार सरकारी तर्फ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र निजी तर्फ नर्भिक अस्पताल मात्र नियमावली अनुसार अनुमति लिएर सञ्चालनमा छन्।

तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।