आश्वासन होइन, परिणाम खोज्दै दमकका व्यवसायी

दमक उद्योग वाणिज्य संघको निर्वाचन र बजारको वास्तविक चाहना

दमक ८ पुस । दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा दमकको बजार फेरि एकपटक चुनावी सरगर्मीले तातेको छ। बिहानदेखि साँझसम्म उम्मेदवारहरू पसल–पसल धाइरहेका छन्। हात मिलाइरहेका छन्, समस्या सुन्दै छन्, आश्वासन बाँडिरहेका छन्। तर बजारभित्रको माहोल भने यसपटक अलि फरक छ। व्यवसायीहरू भोटसँगै जवाफ पनि खोजिरहेका छन्।

चुनावको समयमा कर, बजार व्यवस्थापन, अनुगमनको नाममा हुने झन्झट, पार्किङ समस्या, सुरक्षा, स्थानीय सरकारसँग समन्वय र व्यापारिक वातावरण सुधारका ठूला कुरा सुनिन्छन्। तर धेरै व्यवसायीको अनुभव एउटै छ। चुनाव जितेपछि ती प्रतिबद्धता कागजमै सीमित हुन्छन्।

वर्षौँदेखि दमकको बजार उही समस्यामा अल्झिएको छ। अनुगमनको त्रास, अनियमित शुल्क, नीतिगत अस्पष्टता र स्थानीय तहसँग प्रभावकारी संवादको अभाव। व्यवसाय विस्तारको सम्भावना हुँदाहुँदै पनि नेतृत्वको कमजोर हस्तक्षेपका कारण अवसरहरू खेर गइरहेको व्यवसायीहरूको बुझाइ छ।
नमस्ते दमक रिकन्डिसनका सञ्चालक सुसन अर्याल उद्योग वाणिज्य संघको नेतृत्व सबै उमेर समूहका व्यवसायीलाई समेट्न सक्ने हुनुपर्ने बताउनुहुन्छ। विशेषगरी रिकन्डिसनजस्ता व्यवसाय सञ्चालन गर्नेहरू झनै चुनौतीमा पर्ने गरेको उहाँको भनाइ छ।
उहाँको भनाइले दमकको बदलिँदो व्यवसायिक संरचना देखाउँछ। परम्परागत व्यापारसँगै नयाँ प्रकृतिका व्यवसायहरू बढ्दै छन्। तर संघको नीति र नेतृत्व भने अझै पुरानै ढर्रामा अड्किएको आरोप छ।
क्लासिक बाइक एण्ड कार केयरका सञ्चालक देव खनालको गुनासो पनि उस्तै छ। संघ चुनावमुखी मात्रै नभई व्यवसायमुखी बन्नुपर्ने उहाँको धारणा छ। उम्मेदवारहरू नीति र दीर्घकालीन योजनाभन्दा गुट, समूह र व्यक्तिगत समीकरणमा अल्झिएको उहाँ बताउनुहुन्छ।
दमकको बजारमा लगानी, सेवा र रोजगारी सिर्जनाको ठूलो सम्भावना छ। पूर्व–पश्चिम राजमार्ग, औद्योगिक पहुँच, उपभोक्ता बजार र युवा जनशक्ति दमकका बलिया पक्ष हुन्। तर ती सम्भावनालाई अवसरमा बदल्न सक्षम, निडर र संवादमुखी नेतृत्व आवश्यक रहेको व्यवसायीहरूको जोड छ।
आयान रिकन्डिसनका सञ्चालक उत्तम यादव ठूलो नारा होइन, व्यवहारिक नेतृत्व चाहिएको बताउनुहुन्छ। चुनावपछि पनि बजारमै देखिने, व्यवसायीको दुःख–सुखमा साथ दिने संघ नेतृत्वको अपेक्षा उहाँको छ।
दमकका व्यवसायीहरू यसपटक स्पष्ट छन्। संघ केवल चुनाव जित्ने प्लेटफर्म नबनोस्, व्यवसायीको साझा आवाज बन्न सकोस्। स्थानीय सरकारसँग मजबुत संवाद गरोस्, अनावश्यक अनुगमनको त्रास हटाओस् र नयाँ व्यवसायिक सम्भावनाको ढोका खोलोस्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा