दमकका व्यवसायी भन्छन् :‘व्यक्ति हेरेर व्यवहार गर्ने नेतृत्व हामी चुन्ने छैनौ’

दमक, ९ पुष । आगामी पुस १८ गतेका लागि तोकिएको दमक उद्योग वाणिज्य संघको निर्वाचनले यतिबेला बजारमा चुनावी माहोल तातेको छ। अध्यक्षसहित तीन वटा प्यानल लिएर उम्मेदवारहरू बिहानदेखि साँझसम्म व्यवसायीका पसल–पसल पुगिरहेका छन्। हात मिलाउने, गुनासा सुन्ने र आश्वासन दिने क्रम तीव्र छ।
व्यवसायीहरू पनि यो निर्वाचनलाई चासोका साथ हेरिरहेका छन्। अब संघको नेतृत्व कसले गर्ने, कस्तो व्यक्ति आउने र त्यो नेतृत्वले साँच्चै व्यवसायीको आवाज सुन्छ कि सुन्दैन भन्ने विषयमा बजारमा बहस सुरु भइसकेको छ। के भन्छन् त दमकका व्यवसायीहरू?

केही समयअघि मात्रै नयाँ कपडा व्यवसाय सुरु गरेका सुवास चन्द्र संग्रौलाका लागि वाणिज्य संघसँगको पहिलो अनुभव नै पीडादायी बन्यो। शुक्रबार अनिवार्य पसल बन्द गर्नुपर्ने नियमबारे जानकारी नहुँदा उहाँले पसल खोलेकै अवस्थामा वाणिज्य संघका केही सदस्य आएर बन्द गर्न लगाए। तर, आफ्नै पसलको छेउछाउका अन्य पसलहरू भने शुक्रबार खुलेका थिए, जहाँ कसैले केही भनेन।

उहाँको गुनासो छ , ‘वाणिज्य संघले नियम लागू गर्दा समान व्यवहार गर्दैन। सामान्य र नयाँ व्यवसायीलाई मात्रै नियम देखाइन्छ, प्रभावशाली र पुराना व्यवसायीलाई छुट दिइन्छ।’ यही कारण, संघको नेतृत्व सबैका लागि बराबर हुनुपर्ने उहाँको जोड छ।

यस्तै, सुभानी शु सेन्टरका सञ्चालक सुजन थपलिया संघको नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताउनुहुन्छ। उहाँका अनुसार, वाणिज्य संघ कुनै एक समूह वा व्यक्तिको होइन, सम्पूर्ण व्यवसायीको साझा संस्था हो। त्यसैले नेतृत्व गर्ने व्यक्ति “आफ्नो–अर्काको” नभनी सबै व्यवसायीको हकहितमा उभिन सक्ने हुनुपर्छ। तीन जना उम्मेदवारमध्ये सबैभन्दा योग्य, इमानदार र व्यवसायीको पीडा बुझ्ने उम्मेदवारलाई जिताउन आफू उत्साहित रहेको उहाँ बताउनुहुन्छ।

न्यू पाथीभरा ट्रेडर्सका सञ्चालक मणी निरौला भने उम्मेदवारहरू सबै व्यवसायिक अनुभव बोकेका सक्षम व्यक्ति रहेको धारणा राख्नुहुन्छ। तर अनुभव मात्रै पर्याप्त नभएको उहाँको भनाइ छ। तीन उम्मेदवारमध्ये पनि सबैभन्दा स्पष्ट सोच, निर्णय क्षमता र निष्पक्ष व्यवहार देखाउने उम्मेदवारलाई जिताउनु व्यवसायीहरूको जिम्मेवारी भएको उहाँ बताउनुहुन्छ।

दमकका व्यवसायीहरूको आवाज एउटै छ , अब आउने नेतृत्व भेदभाव गर्ने खालको हुनु हुँदैन। सानो–ठूलो, नयाँ–पुरानो, प्रभावशाली–सामान्य भनेर छुट्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ। नियम सबैका लागि समान, निर्णय स्पष्ट र संघ व्यवसायीको समस्या बोकेर उभिने संस्था बन्नुपर्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति