क्रिसमस डे

दमकका चर्चहरूमा आज छुट्टै उज्यालो देखिदै

कमजोरलाई साथ दिने, पीडितका लागि आवाज उठाउने र घृणाभन्दा करुणालाई अगाडि राख्ने सोच क्रिसमसको मूल सार

दमक,१० पुस । देशका चर्चहरू आज छुट्टै उज्यालो देखिन्थे । रंगीन बत्ती, सजावट, गित–संगीत र प्रार्थनाले भरिएको वातावरण । बिहानैदेखि भक्तजन आफ्नो परिवारसहित चर्च पुगे, विशेष प्रार्थना गरे, एकअर्कालाई अँगालो मारेर शुभकामना साटे। कतै सांस्कृतिक कार्यक्रम चल्यो, कतै बच्चाहरूले येशुको कथा प्रस्तुत गरे ।
डिसेम्बर २५। क्यालेन्डरमा अंक मात्रजस्तो लागे पनि विश्वभरका क्रिस्चियन समुदायका लागि यो दिन गहिरो आस्थाको प्रतीक हो। नेपालमा पनि यो पर्व आज धार्मिक भावनासँगै सामाजिक मेलमिलाप र सद्भावको दिनका रूपमा मनाइएको छ ।
धर्मशास्त्र अनुसार, येशु ख्रीष्टको जन्म मानवताका लागि आशाको सुरुवात हो। शान्ति, प्रेम र क्षमाभावको त्यो सन्देश आजको समाजमा अझै उतिकै सान्दर्भिक छ। कमजोरलाई साथ दिने, पीडितका लागि आवाज उठाउने र घृणाभन्दा करुणालाई अगाडि राख्ने सोच क्रिसमसको मूल सार मानिन्छ।
भक्तजन प्रिय विक्रम आङदेम्बेको बुझाइमा, येशुको जन्म र मृत्यु दुवै मानव मुक्तिसँग जोडिन्छ।उहाका अनुसार, येशु क्रुसमा चढ्दा बगेको रगतले संसारलाई पापबाट मुक्त गरेको विश्वास हरेक वर्ष क्रिसमस मनाउँदाको भावनासँग जोडिन्छ। त्यसैले, क्रिसमस केवल उत्सव होइन, आस्थाको पुनःस्मरण पनि हो।

यस्तै, चर्चमा प्रार्थनाका लागि आएका रमेश राईले क्रिसमसलाई बाहिरी सजावटभन्दा पनि भित्री परिवर्तनको दिनका रूपमा लिनुहुन्छ । उहाका अनुसार क्रिसमस तब मात्र पूर्ण हुन्छ, जब येशु हाम्रो हृदयमै जन्मिनुहुन्छ।
नेपालमा क्रिसमस आज धार्मिक सीमाभन्दा बाहिर निस्किएर उत्सवको साझा अवसरजस्तो बनेको छ। फरक जाति, भाषा र समुदायका मानिसले एकअर्कालाई शुभकामना दिन्छन्, एकताबारे कुरा गर्छन्, सहिष्णुताको अभ्यास गर्छन्।

शहरदेखि गाउँसम्म फैलिएको सहभागिताले यो वर्षको क्रिसमसलाई अझ जीवन्त बनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा