पन्चेबाजा, साकेला नाच र उत्साहबीच दमकमा राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता सुरु

दमक,१० पुस ।दमक नगरपालिकाको प्राङ्गण आज पन्चेबाजाको आवाजले गुन्जिएको थियो । पन्चेबाजाको तालसँगै लिम्बु समुदायको साकेला नाच, रंगीन अबिर, खादा ओढाइँदै गरेका खेलाडीहरू, र उत्साहले भरिएका दर्शक । सबैको अनुहारमा प्रतीक्षा झल्किन्थ्यो । यहाँबाटै सुरु हुँदै थियो, दमकको इतिहासमा पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता ।

 

यही वातावरणबीच दमक नमूना ब्याडमिन्टन एकेडेमीको आयोजनामा, दमक नगरपालिकाको आर्थिक सहयोग र समन्वयमा “प्रथम दमक नमूना ब्याडमिन्टन च्याम्पियनसिप–२०८२” को दमक नगरपालिद्धारा उद्घाटन सम्पन्न भयो ।

नगरपालिकाबाट सुरु भएको स्वागत ¥याली पन्चेबाजा, साकेला नाच, स्काउटका विद्यार्थी, खेलाडी र खेलप्रेमीसहित नमूना एकेडेमीसम्म पैदल अघि बढ्यो। सुरक्षामा नेपाल प्रहरी र नगर प्रहरीले साथ दिए ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरप्रमुख रामकुमार थापाले प्रतियोगिताले दमकलाई खेल क्षेत्रमा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो ।

 

विशिष्ट अतिथि उप–प्रमुख रेगिना भट्टराई प्रसाईँ, विभिन्न वडाध्यक्ष र छिमेकी पालिकाका प्रतिनिधिहरू पनि उपस्थित थिए, जसले कार्यक्रमलाई झनै भव्य बनायो ।

प्रतियोगिता पुस १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ। यस तीन दिने प्रतियोगितामा नेपालसहित छिमेकी राष्ट्रका करिब ४ सय खेलाडी सहभागी भएका छन्। खेलाडीहरू सात विधामा प्रतिस्पर्धा गर्नेछन्। खेलाडीसँगै प्रशिक्षक र खेलप्रेमीहरू यस प्रतियोगितालाई अवसर, प्रतिस्पर्धा र प्रेरणाको मञ्चका रूपमा हेर्दैछन्। अब तीन दिनसम्म दमक रोमाञ्चक खेल प्रतिस्पर्धाको केन्द्र रहनेछ, र अन्त्यमा को बन्ला च्याम्पियन भन्ने उत्सुकता झनै बढ्दै गइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा