दमकका उद्याेगी व्यवसायीकाे उम्मेदवारलाई सुझाव

पार्टीको ‘एसमेन’ बन्न छोड्नुस, रिवन काटेरमात्र समय बर्बाद नगर्नाेस्

दमक, १८ पुस | दमक उद्योग वाणिज्य संघको निर्वाचन पुस १८ गते अर्थात शुक्रबार हुँदैछ । दमकमा साना ठूला व्यवसाय गरी २२ हजारभन्दा बढी व्यवसायी होलान् तर, निर्वाचनमा मतदान दिने मतदाता भने २२ सय भन्दा बढी मात्र रहेका छन् ।

यो तथ्यांकले संघ र आम व्यवसायीबीचको दूरी स्पष्ट देखाउँछ ।संघ सबैको प्रतिनिधि संस्था भनिए पनि व्यवहारमा केही सीमित व्यवसायीमै केन्द्रित देखिने धेरै व्यवसायीको साझा गुनासो छ । त्यसैले निर्वाचनप्रति ठूलो हिस्सामा चासो र उत्साह कम भएको व्यवसायीहरुको भनाई छ ।

निर्वाचन आउँदा उम्मेदवारहरू देखिन्छन्, प्रतिबद्धता सुनिन्छ। तर, चुनावपछि संघको सक्रियता घट्ने अधिकांश व्यवसायीको गुनासो सुनिन्छ । बजार व्यवस्थापन, पार्किङ समस्या, करको दबाब, साना व्यवसायीका समस्या जस्ताका त्यस्तै रहन्छन् । यही कारण संघप्रति भरोसा कमजोर बन्दै गएको र मतदमताको संख्या पनि घटेको उनीहरूको बुझाइ छ ।

उद्योग वाणिज्य संघमा निर्वाचित भएर गएकाहरुके व्यवसायीको भन्दा पनि बढी पार्टीको हितमा काम गर्ने गरेको व्यवसायीको आरोप छ । उटा पार्टीको अध्यक्ष छ भने अर्को पार्टीमा रहेको व्यवसायीको समस्यामा काम नगर्ने भएकाले नै व्यवसायीहरु मतदान गर्न नचाहने बताउनुहुन्छ अनमोल ज्वेलर्सका संञ्चालक अजितकुमार शंकर ।

स्थानीय सरकारसँग समन्वय गरेर बजारका समस्या समाधानमा संघ अग्रसर बनेर काम गर्ने हो भने मतदाता संख्या बढ्ने भनाई छ सिंहदेवी शु सेन्टर सञ्चालक अम्बीका प्रसाद लुईटेलको । उहाँ भन्नुहुन्छ व्यवसायीको समस्यामा भन्दा बढी संघका पदाधिकारीहरु रिबन काट्नमा ब्यस्त बने । अनुत्पादक काममा समय बिताउने गरेका कारण समन्वय गर्ने र पहल गरेर निकास निस्कने ठाउबाट पनि समाधान निकाल्ने काम नभएको लुईटेलको भनाई छ ।

२२ हजार बढी व्यवसायी भएको दमकमा २२ सय मतदातामै सीमित निर्वाचनले उठाएको प्रश्न गहिरो छ। भोलिको निर्वाचन केवल पदका लागि होइन, संघलाई सबै व्यवसायीको साझा संस्था बनाउन सकिन्छ कि सकिँदैन भन्ने परीक्षणका रूपमा हेरिएको छ। निर्वाचनपछि नयाँ नेतृत्वले व्यवहारबाटै भरोसा दिलाउन सके मात्र दमकका व्यवसायीले संघलाई आफ्नो संस्था मानेर अगाडि बढ्नेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा